हेटौँडा । गायक अंकित गिरी र गायिका रश्मी विश्वकर्माको आवाजमा रहेको नयाँ गीत ‘प्रेम यस्तो होस्’ सार्वजनिक भएको छ । ओएसआर डिजिटलमार्फत सार्वजनिक गीतमा अंकित र रश्मीको मिठो आवाजसँगै रोशन विश्वकर्माको शब्द र रञ्जन राईको संगीत रहेको छ ।
गीतलाई विशाल निरौलाको एरेञ्ज र रञ्जन राईले मिक्सिङ मास्टरिङ गरेका छन् ।
म्युजिक भिडियोमा मिस पबि र रोशन खड्काले अभिनय गरेका छन् । म्युजिक भिडियोलाई बबिता श्रेष्ठ मलेखुले निर्देशन गरेका हुन् । म्युजिक भिडियोलाई महेश ऐर र टिमले छायाँकन गरेका छन् । मिन रावलले म्युजिक भिडियो सम्पादन गरेका हुन् ।
Facebook Comments Box