Murchunga TV

हेटौंडामा महिला मैत्री शहर निर्माणकाे पहल, सह-डिजाइन कार्यशालाको समापन

हेटौंडामा महिला मैत्री शहर निर्माण

हेटौंडा । समावेशी र सुरक्षित महिला मैत्री शहर निर्माणकाे अभियानलाई सशक्त बनाउन हेटौंडामा आयोजित सह-डिजाईन कार्यशालाकाे समापन हेटौंडा उपमहानगरपालिकाकी नगर प्रमुख मीनाकुमारी लामाले गर्नुभएको छ।

हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर ४ र १० मा लक्षित गरी आयोजना गरिएको कार्यशालामा सहभागीहरूले महिला मैत्री पार्क निर्माणका लागि आवश्यक पूर्वाधारहरूको नमुना तयार पारेका थिए।

स्थानीय समुदायको सक्रिय सहभागिता र अपनत्व सुनिश्चित गर्न कार्यशालालाई सहभागीमूलक ढंगले सञ्चालन गरिएको थियो। यसबाट प्राप्त सिफारिस तथा डिजाइनहरू उपमहानगरपालिकाको आगामी शहरी विकास योजनामा समावेश गरिने जनाइएको छ।

नगर प्रमुख लामाले यस्तो खालको पहलले महिला तथा सबै वर्गका नागरिकका लागि सुरक्षित र समावेशी सार्वजनिक स्थानहरू विकास गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो।

Facebook Comments Box

सम्बन्धित सामग्रीहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.