Murchunga TV

एसईई नतिजा सार्वजनिक: ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड, १२६ जनाको परीक्षा रद्द

एसईई नतिजा सार्वजनिक

हेटौँडा । राष्ट्रिय परीक्षा बोर्डले २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ। बोर्डको शुक्रबार साँझ बसेको बैठकले कक्षा १० को वार्षिक परीक्षा परिणाम सार्वजनिक गर्ने निर्णय गरेको हो।

यस वर्षको नतिजामा कुल ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन्। नियमित परीक्षामा सहभागी ४ लाख ३८ हजार ८९६ जना मध्ये विभिन्न ग्रेडमा विद्यार्थीको विवरण यस प्रकार छ:

३.६ देखि ४.० जीपीए : ४८,१७७ जना
३.२ देखि ३.६ जीपीए : ८१,३५५ जना
२.८ देखि ३.२ जीपीए : ९९,१२४ जना
२.४ देखि २.८ जीपीए : ४८,४७९ जना
२.० देखि २.४ जीपीए : ४,१२६ जना
१.६ देखि २.० जीपीए : ८ जना

बोर्डका अनुसार १२६ जना परीक्षार्थीको परीक्षा रद्द गरिएको छ भने १ लाख ६७ हजार ५९७ विद्यार्थी अवर्गीकृत (non-graded) भएका छन्।

२०८१ सालको एसईई परीक्षा चैत ७ गतेदेखि सञ्चालन भएको थियो। परीक्षा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धि तर्फ ६७ हजार ७१५ जना सहभागी भई कुल ४ लाख ९९ हजार १८३ परीक्षार्थी सहभागी भएका थिए। रिजल्ट हेर्ने तरिका भिडियोमा हेर्नुहोस्–

Facebook Comments Box

सम्बन्धित सामग्रीहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.