Murchunga TV

हेटौंडा उपमहानगरपालिकाको बजेट निर्माणका लागि सरोकारवालासँग छलफल सुरु

हेटौंडा उपमहानगरपालिका

हेटौंडा । हेटाैंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि नीति, कार्यक्रम तथा बजेट निर्माणको प्रक्रिया सुरु गरेको छ। उक्त प्रक्रिया अन्तर्गत उपमहानगरले प्रतिनिधिमूलक स्थानीय सामाजिक तथा व्यवसायिक संघसंस्थासँग छलफल प्रारम्भ गरेको छ।

कार्यक्रम अन्तर्गत आज भएको छलफलमा नगर प्रमुख मीनाकुमारी लामा, उपप्रमुख राजेश बानियाँ, वडा नं. १४ का अध्यक्ष दिपक खड्का, वडा नं. १८ का अध्यक्ष अनिल बानिया, प्रमुख प्रशासकीय अधिकृत भरत गौतम, तथा बजेट तथा कार्यक्रम तर्जुमा समितिका सदस्यहरूको सहभागिता रहेको थियो।

नगर प्रमुख लामाले बजेट निर्माणमा सबै सरोकारवाला पक्षको सहभागिता आवश्यक रहेको बताउँदै सबैको सुझावलाई समेटेर जनमुखी तथा व्यवहारिक बजेट ल्याइने प्रतिबद्धता व्यक्त गरिन्। छलफलमा सहभागी संघसंस्थाका प्रतिनिधिहरुले स्थानीय आवश्यकता, समस्या र सम्भाव्य समाधानका उपायहरूमाथि सुझाव तथा सिफारिस प्रस्तुत गरेका थिए।

उपमहानगरले आगामी दिनहरूमा विभिन्न वडास्तरीय तथा क्षेत्रगत सरोकारवाला समूहहरूसँग पनि क्रमिक छलफल गर्दै नीति तथा कार्यक्रमको मसौदा तयार पार्ने जानकारी दिएको छ।

Facebook Comments Box

सम्बन्धित सामग्रीहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.