ज्येष्ठ नागरिकसँग मेयर मीनाकुमारी लामा

ज्येष्ठ नागरिक

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाकी नगर प्रमुख मीनाकुमारी लामाले उपमहानगर क्षेत्रभित्र रहेका ज्येष्ठ नागरिकका समस्यालाई प्राथमिकतामा राखेर समाधान गर्न उपमहानगर प्रतिबद्ध रहेको बताउनु भएको छ।

महिला, बालबालिका तथा समावेशीकरण महाशाखाद्वारा आयोजित अभिमुखिकरण कार्यक्रममा सहभागी हुँदै नगर प्रमुख लामाले ज्येष्ठ नागरिकहरूको समस्या र आवश्यकताबारे जानकारी लिँदै आफ्नो धारणा प्रस्तुत गर्नुभयो। उहाँले ज्येष्ठ नागरिकहरूको भावना अनुसार उपमहानगरले योजना बनाउँदै अघि बढ्ने स्पष्ट पार्नुभयो।

नगर प्रमुख लामाले उपमहानगरपालिकाले विभिन्न वडामा ज्येष्ठ नागरिक सेवा केन्द्रहरू सञ्चालनमा ल्याइसकेको जानकारी दिँदै भविष्यमा थप सहज सेवा प्रवाह गर्ने प्रतिबद्धता जनाउनुभयो।

कार्यक्रमले ज्येष्ठ नागरिकको हितमा हुने कार्यक्रमहरूलाई प्रभावकारी बनाउने दिशामा मार्गनिर्देशन गरेको सहभागीहरूको भनाइ थियो।

Facebook Comments Box

सम्बन्धित सामग्रीहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.