कान्ति राजमार्गमा ४ दिनसम्म सवारी आवागमन बन्द हुने

कान्ति राजमार्ग

मकवानपुर । कान्ति राजमार्गको सडक खण्डमा आगामी ४ दिनसम्म सवारी आवागमन पूर्ण रूपमा बन्द गरिने भएको छ। कान्ती राजमार्ग सडक आयाेजना अन्तर्गत पर्ने बगुवा, बागमती खोलामा निर्माणाधिन रहेकाे बेलीब्रिज जडान कार्यका कारण सवारीसाधन चल्न निषेध गरिएको हो।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले साेमबार सूचना प्रकाशित गर्दै २०८२ साल जेठ २१ गतेदेखि २४ गतेसम्म राजमार्ग बन्द गरिने जानकारी दिएको छ। सो अवधिमा हेटौंडा–काठमाडौँ वा काठमाडौँ–हेटौंडा यात्रा गर्ने सवारीसाधनहरूले वैकल्पिक मार्ग प्रयोग गर्न सूचित गरिएको छ। यात्रुहरूलाई कुलेखानी–कलंकी–हुमाने वा कुलेखानी–सिस्नेरी–फर्पिङ सडक प्रयोग गर्न आग्रह गरिएको छ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्र प्रसाद कँडेलद्वारा हस्ताक्षरित सूचनामा वैकल्पिक मार्ग प्रयोग गर्दा यात्रुहरूले आवश्यक सतर्कता अपनाउन पनि अनुरोध गरिएको छ। हेर्नुहोस् सूचना–

Facebook Comments Box

सम्बन्धित सामग्रीहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.