बागमती गाउँपालिकाको बाख्रे गाउँमा आगलागीले थोकरको घर जलेर नष्ट

बागमती गाउँपालिका

मकवानपुर । मकवानपुरको बागमती गाउँपालिका गाउँपालिका वडा नम्बर ७ बाख्रे गाउँमा आगलागीबाट एक घर जलेर पूर्णरूपमा नष्ट भएको छ। आगलागी सगर थोकरको घरमा भएको हो।

घटनाको जानकारी पाएपछि बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलानसहितको टोली घटनास्थलमा पुगेर तत्काल राहत सामाग्री वितरण र अस्थायी बसोबासको व्यवस्था मिलाएका छन्।
बागमती गाउँपालिका
अध्यक्ष घलानले आगलागीपछिको अवस्था बुझेर पीडित परिवारलाई तत्कालका लागि आवश्यक सहयोग पुर्‍याइएको सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका छन्।

आगलागी हुनुको कारण र क्षतिको पूर्ण विवरण भने आउन बाँकी रहेको छ। स्थानीयवासीको समन्वयमा आगो नियन्त्रणमा लिइएको थियो।

Facebook Comments Box

सम्बन्धित सामग्रीहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.