सडक नाटकमा बुद्ध मावि हात्तिगौँडा प्रथम

Buddha Secondary School Sadak Natak-Murchunga TV

मकवानपुर ।हेटौँडामा आयोजित प्रथम नगरस्तरीय सडक नाटक प्रतियोगितामा बुद्ध मावि, हेटौंडा-१२ हात्तिगौँडा प्रथम भएकाे छ । प्रतियाेगितामा बुद्ध माविले प्रस्तुत गरेको “अप्सरा” नामक नाटकले प्रथम स्थान हासिल गर्न सफल भएको हाे ।


सामाजिक रूपान्तरणका लागि सचेतनामूलक सन्देश दिने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा विजेता बनेसँगै बुद्ध माविले रु. १५,०००/- नगद पुरस्कार प्राप्त गर्न सफल भएको छ ।

प्रतियोगितामा विभिन्न विद्यालय तथा संस्थाका नाटक समूहहरूले सामाजिक विषयवस्तुमा आधारित सिर्जनशील नाटक प्रस्तुति राखेका थिए । हेटौंडा उपमहानगरपालिका-४ नम्बर वडा कार्यालयको आयोजना तथा झलझली मल्टिक्रियसन म्युजिक स्टुडियोको व्यवस्थापनमा प्रतियोगिता सम्पन्न भएको हो ।

सम्बन्धित सामग्रीहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.