हेटौँडा १२ फुटबल प्रतियोगिताः फाईनलमा आयोजक ऋषेश्वर टोल विकास संस्था

मकवानपुर । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ दोस्रो टोल विकास स्तरीय नकआउट फुटबल प्रतियोगिताको फाईनलमा ऋषेश्वर टोल विकास संस्था पुग्न सफल भएको छ । मंगलबार भएको सेमिफाईनल खेलमा परिवर्तनशिल टोल विकास संस्थालाई १–० गोल अन्तरले पराजित गर्दै ऋषेश्वर फाईनलमा पुगेको हो ।

खेलको म्यान अफ दि म्याच ऋषेश्वर टोल विकास संस्थाका साजन पाख्रिन घोषित भएका थिए ।

बुधबार हुने फाईनल खेलमा ऋषेश्वरले सुनौलो टोल विकास संस्थासँग फाईनल भिडन्त गर्नेछ । खेल दिउँसो १ बजे हुने ऋषेश्वर टोल विकासका खेलाडी विनायक घलानले जानकारी दिए । यसअघि सेमिफाईनलमा भिडेको सुनौलो टोल विकास संस्था र श्रृजनशिल टोल विकास संस्थाबिचको टिम रोकिएपछि टसमार्फत फाईनलमा पुग्ने टिम फाईनलग रिएको थियो ।

ऋषेश्वर टोल विकास संस्थाको आयोजनामा भएको खेल रियल स्टार खेल मैदान रमन्टारमा हुँदैछ । टोल विकास संस्थाको तर्फबाट आयुष थापा मगर र साजन पाख्रिनले खेलको संयोजन गर्दैछन् ।

२०८१ कात्तिक ८ गतेदेखि सुरु भएको खेलमा २० वटा टिमहरुको सहभागिता रहेको छ । १२ नम्बर वडा कार्यालयको प्रायोजनमा भएको खेलको विजेताले नगद २५ हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद १७ हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

सम्बन्धित सामग्रीहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.