चन्द्र घलान, मकवानपुर, २ फागुन । चर्चित गायन रियालिटी शो ‘द भोईस अफ नेपाल सिजन ७’ को उपाधी दैलेखकी निता थापा मगरले जितेकी छिन् । शनिबार भएको ग्राण्ड फिनालेमा फाईनलमा पुगेका सागर संसार राई, सञ्जिता दुरा र पुनम गुरुङलाई भोटिङमा पछि पार्दै कोच राजुको टिममा रहेकी निताले ट्रफी हात पारेकी हुन् । विजेता बनेसँगै उनले नगद पुरस्कारका साथै अन्य विभिन्न पुरस्कारहरु हात पारेकी छिन् । उनले अन्य तिन प्रतियोगीहरुको तुलनामा सर्वाधिक भोट प्राप्त गरेका थिए ।
शोमा निताको जीतसँगै एउटा ऐतिहासिक रेकर्ड समेत कायम भएको छ । यसअघि द भोईस अफ नेपालका ६ वटै सिजनहरुमा पुरुष प्रतियोगीले भोईसको ट्रफी जितेका थिए । तर यसपटक निताले जीत हात पारेसँगै द भोईस अफ नेपालमा पुरुषले जित्ने सिलसिला तोडिएको छ । उनी नै शोको पहिलो महिला विजेता हुन् । यसपटक सिजन ७ मा ६ जना महिलाहरु सेमिफाईनलमा पुगेकोमा ३ जना प्रतियोगीहरु फाईनलमा पुगेका थिए । उनले ऐतिहासिक जीत हासिल गरेसँगै उनको सर्वाधिक चर्चा सुरु भएको छ ।

शोमा सागर संसार राई फर्स्ट रनर अप अर्थात दोस्रो भएका छन् । उनी कोच खेमको टिमबाट थिए । त्यस्तै कोच प्रमोदको टिमबाट पुनम गुरुङ सेकेण्ड रनर अप अर्थात तेस्रो र कोच मेलिनाको टिमबाट सञ्जिता दुरा थर्ड रनर अप अर्थात चौथो हुन सफल भएका थिए ।
निता सिजन ७ मा चारै जना कोचको कुर्सी घुमाउने तेईसौँ प्रतियोगी हुन् । दैलेखको गुराँश गाउँपालिका वडा नम्बर ५ की २० वर्षीया निता कोच राजुको टिममा छिन् । निक्कै नै सुमधुर आवाजकी धनी नितालाई द भोईस अफ नेपालले नयाँ पहिचान दिएको छ । ब्लाईण्ड अडिसनमा उनलाई आफ्नो टिममा लिन कोचहरुले तानातान गरेका थिए । उनी लाईभ म्युजिकमा पनि चर्चित थिईन् । उनी शोमा पफोमर अफ द डे अवार्ड जित्ने तेस्रो प्रतियोगी हुन् । गाउँमा घाँसदाउरा गरेर हुर्किएकी निता काठमाडौँमा आएर लाईभ म्युजिकमा चर्चित भईन् । सबै विधाका गीत गाउन सिपालु निता विशेषगरी साँस्कृतिक गीतहरुमा चर्चित छिन् । लाईभ लोकदोहोरीमा पनि आवाज दिने गरेकी निता ब्लाईण्ड अडिसनदेखि नै श्रोता दर्शकको मनमा बस्न सफल भएकी थिईन् ।
हेर्नुहोस् भिडियो–