Murchunga TV

बुद्ध मोक्तानको ‘सुस्तरी माया गाढा’ सार्वजनिक (भिडियो)

सुस्तरी माया गाढा

मकवानपुर । गायक तथा संगीतकार बुद्ध मोक्तानको नयाँ गीत ‘सुस्तरी माया गाढा’ सार्वजनिक भएको छ । गायक मोक्तानकै शब्द तथा संगीतमा तयार भएको गीत उनकै अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो ।

गीतमा गायक बुद्ध मोक्तान र गायिका कोपिला वाईबा तामाङको आवाज रहेको छ । शंकरा डिजिटलमा रेकर्ड गरिएको गीतको एरेञ्ज विष्णु तामाङले गरेका हुन् । सागर पुनद्वारा रेकर्ड गरिएको गीतलाई कुमार सानु पुनले मिक्सिङ गरेका छन् ।

गीतको म्युजिक भिडियोमा नवविवाहित जोडीको बिछोडको कथा समावेश गरिएको छ । एकअर्कालाई अत्यन्तै माया गर्ने मायालु जोडीलाई वैदेशिक रोजगारीले वियोगमा पारेपछिको मन छुने शबद र दृश्यहरु म्युजिक भिडियोमा समावेश गरिएको छ । म्युजिक भिडियोमा लाक्पा दोर्जे तामाङ र आयुष्मा कार्कीले जीवन्त अभिनय गरेका छन् ।

समिर थोकरको निर्देशनमा तयार भएको म्युजिक भिडियोलाई विरबहादुर थारुले सम्पादन गरेका हुन् । म्युजिक भिडियोको छायाँकन शुशिल डाँगीले गरेका हुन् । हेर्नुहोस् म्युजिक भिडियो–

Facebook Comments Box

सम्बन्धित सामग्रीहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.