हेटौंडामा ‘तामाङ प्रसारण दिवस’ भव्य रूपमा मनाइने, पत्रकारिता पुरस्कारको घोषणा
हेटौंडा । तामाङ पत्रकार संघ बागमती प्रदेश समिति र मकवानपुर जिल्ला शाखाको संयुक्त आयोजनामा भाद्र १ गते ‘तामाङ प्रसारण दिवस’ विशेष समारोहसहित हेटौंडामा मनाइने भएको छ। वि.सं. २०५१ साल भाद्र १ गते रेडियो नेपालबाट पहिलोपटक तामाङ भाषामा समाचार प्रसारण भएको ऐतिहासिक दिनको स्मरणमा यो दिवस हरेक वर्ष उत्सवको रूपमा मनाइँदै आएको हो। संघका बागमती प्रदेश अध्यक्ष ज्ञानेन्द्र तामाङका अनुसार कार्यक्रममा तामाङ भाषाको संरक्षण, प्रवद्र्धन तथा पत्रकारितामा यसको योगदानबारे छलफल गरिनेछ। साथै, बागमती प्रदेशमा सरकारी कामकाजको भाषाको रूपमा स्थापित तामाङ भाषाको प्रभावकारी कार्यान्वयनमा पत्रकारिताको भूमिकाबारे अन्तरक्रिया पनि हुनेछ। यस अवसरमा ‘आइते सिं–बुद्धिमाया रुम्बा स्मृति तामाङ पत्रकारिता पुरस्कार’ स्थापना गरिएको छ। चितवनको…