मकवानपुर, २ माघ । मिस तामाङ २०२५ को अडिसन सम्पन्न भएको छ । गत शनिबार आयोजक संस्था मम्स इन्टरनेशनल नेपालको बागबजारस्थित कार्यालयमा अडिसन सम्पन्न भएको हो । अडिसनमा मिस तामाङ २०२५ का लागि आवेदन दिएका तामाङ सुन्दरीहरुले अन्तरवार्ता दिएका थिए । अडिसनमा मम्स इन्टरनेशनलकी निर्देशक रञ्जीता लामा, पूर्व मिस तामाङ सफलता थिङ तामाङ, अतित लामा, र ऋतु तामाङसहितको टोलीले सहभागीहरुको अडिसन लिएका थिए ।
यो मिस तामाङको सत्रौँ सँस्करण हो । गत वर्ष चर्चित कलाकार समेत रहेकी बालाजुकी रिया लामाले मिस तामाङको ताज पहिरिएकी थिईन् । त्यस्तै शोकी फर्स्ट रनर अप काभ्रेकी स्मृति योञ्जन तामाङ, सेकेण्ड रनर अप अमृता लामा तामाङ र थर्ड रनर अप रसुवाकी पेमा डोल्मा छेक्पाल तामाङ भएकी थिईन् ।
सन् २००६ मा सुरु भएको मिस तामाङमा हालसम्म जेनिशा मोक्तान, उपाली ग्याबा, समी बज्यु, रोजिना घिसिङ, सुमी मोक्तान, लाक्पा तामाङ, मुनाश्री तामाङ, लक्ष्मी मोक्तान, उर्मिला लामा, पिंकी घिसिङ, सिम्रोन स्याङ्बो, सरिता तामाङ, सफलता थिङ, रञ्जना स्याङ्बो, पासाङ याङ्जी वाईबा र रिया लामा विजेता भईसकेका छन् । हेर्नुहोस् भिडियो–