तामाङ चलचित्र ‘ए ङाला ह्राङ्बा माया’ को टाईटल गीत सार्वजनिक हुने

मकवानपुर । तामाङ भाषाको चलचित्र ‘ए ङाला ह्राङ्बा माया’ को टाइटल गित सार्वजनिक गरिने भएको छ। गित आगामी शुक्रबार दिउँसो ३ बजे ‘एचएमएम मिडिया’ युट्युब च्यानलबाट सार्वजनिक गरिने भएको हो।

अर्पण थिङले स्वर/संगीत भरेको उक्त गितको भिडियो हुत्त सन्जय लामाको निर्माण तथा निर्देशनमा छायांकन भएको हो । पृथक ढंगको सन्देश मुलक तथा प्रेम कथामा आधारित बनेको चलचित्र ‘ए ङाला ह्राङ्बा माया’ केहि दिनमै प्रदर्सन हुने तयारीमा रहेको बताइएको छ।

यस्तै, पहिलो शो हेटौडाबाटै हुने गरि प्रदर्शनको तयारी रहेको चलचित्रका नायक हेम कुमार तितुङले जानकारी दिए। नायक तितुङका अनुसार चलचित्रमा हुत्त सन्जय लामा, तारा लामा सुनिता लुङ्बा, हेम कुमार लामा (तितुङ), प्रज्मि बोम्जन लगायतको कलाकार नायक नायिकाको भुमिकामा छन् । चर्चित कलाकार मिलन लामा र उर्गेन लामा भने खलनायकको भुमिकामा रहेको बताइएको छ।

यस्तै, चलचित्रमा राज कुमार लामा, भुइसल लामा, माया देबि लामा रितिक लामा, हिरा बहादुर मोक्तान, गकुल तामाङ (क्यालो), मनिका सिङ्तान, रितु लामा, राज कुमार लामा, कुमार लामा, अनिल लामा (डल्ले) लगायत कलाकारको अभिनय रहेको नायक तितुङले बताए।

सम्बन्धित सामग्रीहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.