Murchunga TV

कमानेस्थित चन्द्राेदय मावि परिसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न

कमानेस्थित चन्द्राेदय मावि परिसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न

हेटौंडा । हेटाैंडा-८ कमानेस्थित चन्द्राेदय माध्यमिक विद्यालयको परिसरमा रोटरी क्लब हेटौंडाको आयोजनामा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। “सुन्दर, सफा, हरीत शहर निर्माण अभियान” अन्तर्गत आयोजित कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामा सहभागी भई अभियानलाई सफल बनाउन सकृय भूमिका निर्वाह गर्नुभएकाे थियाे । नगर प्रमुख लामाले हेटौंडा शहरलाई हरियालीयुक्त, सफा र फुलैफुलको पर्यावरणमैत्री शहर बनाउने उद्देश्यले आफैं अग्रसर भई निरन्तर विभिन्न अभियानमा सहभागिता जनाउँदै आउनुभएको छ। कार्यक्रममा हेटौंडा-८ का वडा अध्यक्ष रामकृष्ण थापासहित विभिन्न सामाजिक संघसंस्था, विद्यालयका शिक्षक-शिक्षिका तथा स्थानिय समुदायको पनि सक्रिय उपस्थिति रहेको थियो। वृक्षारोपण कार्यक्रममार्फत शहरको वातावरण संरक्षण, हरियाली विस्तार र वातावरणीय सचेतना फैलाउने उद्देश्य राखिएको आयोजकले…
Read More
हेटौंडा–५ स्थित सञ्जीवनी सहकारीको रजत महोत्सव सम्पन्न

हेटौंडा–५ स्थित सञ्जीवनी सहकारीको रजत महोत्सव सम्पन्न

हेटौंडा । हेटौंडा उपमहानगरपालिका–५ पिप्लेमामा अवस्थित सञ्जीवनी बचत तथा ऋण सहकारी संस्थाको २५औं स्थापना दिवस तथा रजत महोत्सव भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमको उद्घाटन हेटौंडा उपमहानगरपालिकाकी नगर प्रमुख मीनाकुमारी लामाले गर्नुभएको हो। रजत महोत्सवको अवसरमा सहकारीका विगत २५ वर्षका गतिविधिहरू समेटिएको स्मारिकाको विमोचन नगर प्रमुख लामाको प्रमुख आतिथ्यतामा गरिएको थियो। कार्यक्रममा सहकारी क्षेत्रमा योगदान पु¥याउने व्यक्तिहरूलाई सम्मान समेत गरिएको थियो। नगर प्रमुख लामाले सहकारीले समुदायमा आर्थिक सशक्तिकरण, बचत संस्कार तथा स्वावलम्बनको प्रवर्द्धनमा खेलेको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा अझ प्रभावकारी र उत्तरदायी ढंगले अघि बढ्न शुभकामना व्यक्त गर्नुभयो। सञ्जीवनी सहकारीले विगत २५ वर्षदेखि सदस्यहरूको आर्थिक उन्नति र सामाजिक विकासमा…
Read More
हेटौंडामा महिला मैत्री शहर निर्माणकाे पहल, सह-डिजाइन कार्यशालाको समापन

हेटौंडामा महिला मैत्री शहर निर्माणकाे पहल, सह-डिजाइन कार्यशालाको समापन

हेटौंडा । समावेशी र सुरक्षित महिला मैत्री शहर निर्माणकाे अभियानलाई सशक्त बनाउन हेटौंडामा आयोजित सह-डिजाईन कार्यशालाकाे समापन हेटौंडा उपमहानगरपालिकाकी नगर प्रमुख मीनाकुमारी लामाले गर्नुभएको छ। हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर ४ र १० मा लक्षित गरी आयोजना गरिएको कार्यशालामा सहभागीहरूले महिला मैत्री पार्क निर्माणका लागि आवश्यक पूर्वाधारहरूको नमुना तयार पारेका थिए। स्थानीय समुदायको सक्रिय सहभागिता र अपनत्व सुनिश्चित गर्न कार्यशालालाई सहभागीमूलक ढंगले सञ्चालन गरिएको थियो। यसबाट प्राप्त सिफारिस तथा डिजाइनहरू उपमहानगरपालिकाको आगामी शहरी विकास योजनामा समावेश गरिने जनाइएको छ। नगर प्रमुख लामाले यस्तो खालको पहलले महिला तथा सबै वर्गका नागरिकका लागि सुरक्षित र समावेशी सार्वजनिक स्थानहरू विकास गर्न मद्दत पुग्ने विश्वास…
Read More
ज्योति मावि हर्नामाडीकाे सहायक प्रधानाध्यापकमा नानुमाया डिम्डुङ

ज्योति मावि हर्नामाडीकाे सहायक प्रधानाध्यापकमा नानुमाया डिम्डुङ

हेटौंडा । हेटौंडा उपमहानगरपालिका–१८, हर्नामाडीस्थित श्री ज्योति माध्यमिक विद्यालय (प्राविधिक शिक्षालय)मा नानुमाया डिम्डुङ सहायक प्रधानाध्यापकको पदमा नियुक्त हुनुभएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हर्क रम्तेलले एक विज्ञप्तिमार्फत डिम्डुङलाई सहायक प्रधानाध्यापकमा नियुक्त गर्नुभएकाे जानकारी दिनुभएकाे हाे । शिक्षिका डिम्डुङ विगतदेखि नै उक्त विद्यालयमा सामाजिक विषयकी शिक्षिका रहेर शैक्षिक गुणस्तर अभिवृद्धिमा योगदान दिँदै आउनुभएको थियो। उहाँको पदोन्नति विद्यालयको शैक्षिक र प्रशासनिक व्यवस्थापनमा थप योगदान पुग्ने अपेक्षा गरिएको छ। श्री ज्योति माध्यमिक विद्यालय प्राविधिक शिक्षालयका रूपमा समेत परिचित छ । विद्यालयले हेटौंडा क्षेत्रका विद्यार्थीहरूलाई गुणस्तरीय प्राविधिक तथा साधारण शिक्षा प्रदान गर्दै आइरहेको छ।
Read More
हेटौँडामा एसइइमा उत्कृष्ट विद्यार्थीलाई सम्मान, शिक्षा जीवन बुझ्ने कला भएको प्रदेश प्रमुख देवकोटाको भनाई

हेटौँडामा एसइइमा उत्कृष्ट विद्यार्थीलाई सम्मान, शिक्षा जीवन बुझ्ने कला भएको प्रदेश प्रमुख देवकोटाको भनाई

मकवानपुर । बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले शिक्षा केवल परीक्षा पास गर्ने साधन नभई जीवन बुझ्ने कला भएको बताएका छन्। निजी तथा आवासीय विद्यालय संगठन नेपाल (प्याब्सन नेपाल) मकवानपुरले २०८१ सालको एसइइ परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई सम्मान गर्ने कार्यक्रममा उहाँले यस्तो बताएका हुन्। कार्यक्रममा बोल्दै प्रमुख देवकोटाले शिक्षा सुखद गन्तव्यतर्फको यात्रा भएको उल्लेख गर्दै एसइइमा उत्कृष्ट प्रदर्शन गर्ने सम्पूर्ण विद्यार्थीहरूलाई बधाई दिएका थिए। “विद्यार्थीहरू असिमित क्षमताले भरिपूर्ण हुनुहुन्छ,” भन्दै उहाँले भने, “यदि तपाईंभित्रको क्षमतालाई देखाउने क्यामेरा बनेको भए, तपाईंहरू आफैं दंग पर्नुहुन्थ्यो र अभिभावकहरू गर्वले मुस्कुराउनुहुन्थ्यो।” उहाँले उत्कृष्ट नतिजा ल्याउन विद्यार्थी मात्र होइन, शिक्षक, अभिभावक र विद्यालय प्रशासनको…
Read More
हेटौंडामा ‘स्वर समर्पण’ जनसांस्कृतिक साँझको तयारी तीव्र

हेटौंडामा ‘स्वर समर्पण’ जनसांस्कृतिक साँझको तयारी तीव्र

हेटौंडा । नेकपा (एमाले) मकवानपुर जनसंगठन समन्वय संयन्त्रको आयोजनामा तथा राष्ट्रिय जनसाँस्कृतिक महासंघ जिल्ला कमिटीको व्यवस्थापनमा यही साउन ७ गते हेटौंडामा आयोजना हुने जनसांस्कृतिक साँझ “स्वर समर्पण” को तयारी तीव्र पारिएको छ। कार्यक्रमलाई सुव्यवस्थित र सफल बनाउनका लागि पार्टी जिल्ला स्वयंसेवक विभाग सचिव सुरेश बेरोजगारको संयोजकत्वमा २७ सदस्यीय स्वयंसेवक व्यवस्थापन तथा परिचालन उपसमिति गठन गरिएको छ। उक्त उपसमितिमा स्वयंसेवक विभागबाट ७ जना र एमाले सम्बद्ध १० वटा जनसंगठनबाट दुई/दुई जना गरी जम्मा २७ जना स्वयंसेवक समावेश गरिएको हो। संयुक्त बैठकले सुरेश बेरोजगारलाई कार्यक्रम अवधिभर स्वयंसेवक परिचालनको नेतृत्व गर्ने जिम्मेवारी दिएको छ। उपसमितिले सहभागीहरूको समुचित व्यवस्थापन, अनुशासन र सहयोग सुनिश्चित गर्न…
Read More
गायक जनक लामाको नयाँ तामाङ सेलो ‘म्हारला व्यापारी’ सार्वजनिक

गायक जनक लामाको नयाँ तामाङ सेलो ‘म्हारला व्यापारी’ सार्वजनिक

हेटौंडा । मकवानपुरका उदीयमान गायक जनक लामाको नयाँ तामाङ सेलो गीत ‘म्हारला व्यापारी’ सार्वजनिक भएको छ। सांगीतिक क्षेत्रमा निरन्तर सक्रिय रहेका गायक लामाले उक्त गीतको अडियो संस्करण आफ्नो युट्युब च्यानल ‘जनक लामा’ मार्फत सार्वजनिक गरेका हुन्। कान्छी माया थोकरसँगको युगल स्वरमा सजिएको गीतमा प्रेमिल भावना र तामाङ सांगीतिक परम्पराको रमाइलो संयोजन गरिएको छ। गीतका शब्द सुशिल तामाङले लेखेका हुन् भने संगीत संयोजन चेतन लामाको रहेको छ। जोगलाल लामाले एरेन्ज गरेको यो गीतको मिक्सिङ तथा मास्टरिङ सानुबाबु घिसिङले गरेका छन्। रेकर्डिङ अर्पण स्टुडियोमा गरिएको हो। गायक जनक लामाले यसअघि पनि थुप्रै तामाङ गीतमार्फत स्रोतामाझ राम्रो चर्चा र लोकप्रियता हासिल गरिसकेका छन्।…
Read More
हेटौँडामा ११० जनालाई निःशुल्क तालिम, यसरी हुनुहोस् सहभागी

हेटौँडामा ११० जनालाई निःशुल्क तालिम, यसरी हुनुहोस् सहभागी

हेटौंडा । बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय अन्तर्गत सामाजिक विकास कार्यालय, हेटौंडाले विभिन्न व्यावसायिक सीप विकास तालिमका लागि आवेदन खुला गरेको छ। साउन महिनादेखि सञ्चालन हुने यी तालिमहरूमा कुल ११० जनालाई सहभागी गराइनेछ। विभिन्न क्षेत्रका बेरोजगार तथा इच्छुक नेपाली नागरिकलाई लक्षित गर्दै सुरु गरिन लागेको तालिमहरू निःशुल्क प्रदान गरिने छन्। आवेदन दिने अन्तिम मिति सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र रहेको छ। उपलब्ध तालिमहरू र सिट संख्या: कम्प्युटर सफ्टवेयर (६ महिने, ७३० कार्य घण्टा) न्यूनतम योग्यता: SLC/SEE पास | सिट संख्या: २० जनरल मेकानिक्स (३ महिने, ३९० कार्य घण्टा) न्यूनतम योग्यता: कक्षा ८ उतीर्ण | सिट संख्या: १० केश…
Read More
पुष्पलालको ४७ औँ स्मृति दिवसमा हेटौंडामा ‘स्वर समर्पण- जनसाङ्गीतिक साँझ’ हुने

पुष्पलालको ४७ औँ स्मृति दिवसमा हेटौंडामा ‘स्वर समर्पण- जनसाङ्गीतिक साँझ’ हुने

हेटौंडा । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४७ औँ स्मृति दिवसको अवसरमा मकवानपुरको हेटौंडामा ‘स्वर समर्पण - जनसाङ्गीतिक साँझ’ कार्यक्रम हुने भएको छ। नेकपा एमाले मकवानपुर जनसंगठन समन्वय संयन्त्रको आयोजनामा तथा राष्ट्रिय जनसांस्कृतिक महासंघ मकवानपुरको व्यवस्थापनमा उक्त कार्यक्रम साउन ७ गते (आइतबार) हुने बताइएको छ। कार्यक्रम हेटौंडा उपमहानगरपालिका–४ स्थित रोयल पार्टी प्यालेसमा दिउँसो ४ बजेबाट सुरु हुनेछ। कार्यक्रममा राष्ट्रिय जनसांस्कृतिक महासंघ मकवानपुरले १४ वटा जनवादी गीत प्रस्तुत गर्ने तयारी गरेको छ। यस्तै, अनेरास्ववियु लगायत अन्य विभिन्न जनसंगठनहरूबाट पनि विशेष सांगीतिक प्रस्तुती रहने संयन्त्रका प्रमुख सन्तोष पौडेलले जानकारी दिए। उनका अनुसार, कार्यक्रममा पार्टी स्वयंसेवक विभागले स्वयंसेवक व्यवस्थापन र परिचालनको…
Read More
हेटौंडामा लागूऔषधसहित ७ जना पक्राउ

हेटौंडामा लागूऔषधसहित ७ जना पक्राउ

हेटौंडा । मकवानपुरको हेटौंडा क्षेत्रमा लागूऔषध कारोबार भईरहेको विशेष सूचनाको आधारमा प्रहरीले ६ ग्राम ४०० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने लागूऔषधसहित ७ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुर र मातहत प्रहरी कार्यालयहरूको संयुक्त टोलीले साउन २ गते र ३ गते विभिन्न स्थानमा छापा मार्दै अभियुक्तहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका वडा नं. १ बस्ने २० वर्षीय युवक, वडा नं. ५ सानोपोखराबाट २० वर्षीय युवक, भीमफेदी गाउँपालिका वडा नं. २ कालिकाटारकी १९ वर्षीया युवती, मकवानपुरगढी गाउँपालिका वडा नं. २ बाँसपानीकी १९ वर्षीया युवती रहेका छन्। उनीहरूको साथबाट २ ग्राम २१० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको छ। त्यस्तै, हेटौंडा-…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.