Murchunga TV

हेटौँडा उपमहानगरपालिकाद्वारा अन्तर्राष्ट्रिय पदक विजेता खेलाडी सुदर्शन खतिवडालाई नगद सहित सम्मान

हेटौँडा उपमहानगरपालिकाद्वारा अन्तर्राष्ट्रिय पदक विजेता खेलाडी सुदर्शन खतिवडालाई नगद सहित सम्मान

हेटौँडा । अजरबैजानको बाकुमा सम्पन्न इण्टरनेशनल बुडो मार्सल आर्ट च्याम्पियनसिप २०२५ मा उत्कृष्ट प्रदर्शन गर्दै पदक जित्न सफल हेटौंडा उपमहानगरपालिका–१८ का खेलाडी सुदर्शन खतिवडालाई सम्मान गरिएको छ। मकवानपुर क्योकुशिन कराते संघ बालकुमारी (IKO Union) मकवानपुरको आयोजनामा जिल्ला खेलकुद विकास समितिको सभाहलमा मंगलबार आयोजित खेलाडी सम्मान कार्यक्रममा कार्यक्रमकी प्रमुख अतिथि हेटौंडा उपमहानगरपालिका नगर प्रमुख मीनाकुमारी लामाले खतिवडालाई नगद २५ हजार १२५ रुपैयाँसहित सम्मानपत्र प्रदान गरेकी हुन्। मकवानपुर क्योकुशिन कराते संघ बालकुमारी (IKO Union) मकवानपुरका प्रतिभाशाली खेलाडी खतिवडाले करातेतर्फ स्वर्ण, किकबक्सिङ्गतर्फ काँस्य पदक जित्दै नेपालको नाम अन्तर्राष्ट्रिय स्तरमा उजागर गरेका थिए। उक्त प्रतियोगिता जुलाई २६ देखि २८ तारिखसम्म बाकुमा सम्पन्न भएको थियो,…
Read More
जिम्बाडाँडा टोल विकास संस्थाको १८औं वार्षिक साधारण सभा सम्पन्न

जिम्बाडाँडा टोल विकास संस्थाको १८औं वार्षिक साधारण सभा सम्पन्न

हेटौँडा । जिम्बाडाँडा टोल विकास संस्थाको १८ औं वार्षिक साधारण सभा साउन ३० गते सम्पन्न भएको छ। संस्थाकी अध्यक्ष सिता कुँवरको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौँडा उपमहानगरपालिका–११ का वडा अध्यक्ष जुना दाहाल प्रमुख अतिथि तथा तुलाराम पाण्डे विशिष्ट अतिथि रहनुभएको थियो। कार्यक्रममा अतिथिहरू देवकुमार श्रेष्ठ, यज्ञ प्रसाद आचार्य, शिव प्रसाद पुडासैनी साथै छिमेकी टोल विकास संस्थाका प्रतिनिधिहरूको सहभागिता थियो। वार्षिक साधारण सभाको अवसरमा ६ जना वृद्ध बुबाआमालाई एक–एक वटा हर्लिक्स प्रदान गरी सम्मान गरिएको संस्थाले जनाएको छ। साधारण सभाबाट सर्वसम्मत रूपमा पूनः सिता कुँवरको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ।
Read More
पदमपोखरी र गोगनपानीबाट मध्यवर्ती क्षेत्रको खारेज गर्न हस्ताक्षर संकलन

पदमपोखरी र गोगनपानीबाट मध्यवर्ती क्षेत्रको खारेज गर्न हस्ताक्षर संकलन

हेटौँडा । हेटौँडा–१३ पदमपोखरी र मनहरी क्षेत्रका स्थानीयबासीले बस्तीलाई मध्यवर्ती क्षेत्रबाट हटाउन माग गर्दै हस्ताक्षर संकलन अभियान थालेका छन्। भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बस्ती संघर्ष समितिको अगुवाइमा सुरु गरिएको अभियानमा वर्षौँदेखि बसोबास गर्दै आए पनि जग्गामा स्वामित्व दाबी गर्न नपाएको गुनासो राखिएको छ। समितिका संयोजक सूर्य थोकरका अनुसार, संकलित हस्ताक्षर स्थानीय, प्रदेश र संघीय सरकारसमक्ष बुझाइनेछ। यसअघि पटक–पटक आवाज उठाउँदा पनि सुनुवाइ नभएकाले यसपटक थप दबाब सिर्जना गर्ने उद्देश्यले अभियान अघि बढाइएको उनले बताए। माग सम्बोधन नभए थप आन्दोलनको तयारी भइरहेको जानकारी समेत थोकरले दिए। स्थानीयका भनाइमा वि.सं. २०११ मा हेटौँडा १२, १३, १४ र वि.सं. १९९५ मा मनहरीको गोगनपानीमा…
Read More
हेटौंडामा ‘तामाङ प्रसारण दिवस’ भव्य रूपमा मनाइने, पत्रकारिता पुरस्कारको घोषणा

हेटौंडामा ‘तामाङ प्रसारण दिवस’ भव्य रूपमा मनाइने, पत्रकारिता पुरस्कारको घोषणा

हेटौंडा । तामाङ पत्रकार संघ बागमती प्रदेश समिति र मकवानपुर जिल्ला शाखाको संयुक्त आयोजनामा भाद्र १ गते ‘तामाङ प्रसारण दिवस’ विशेष समारोहसहित हेटौंडामा मनाइने भएको छ। वि.सं. २०५१ साल भाद्र १ गते रेडियो नेपालबाट पहिलोपटक तामाङ भाषामा समाचार प्रसारण भएको ऐतिहासिक दिनको स्मरणमा यो दिवस हरेक वर्ष उत्सवको रूपमा मनाइँदै आएको हो। संघका बागमती प्रदेश अध्यक्ष ज्ञानेन्द्र तामाङका अनुसार कार्यक्रममा तामाङ भाषाको संरक्षण, प्रवद्र्धन तथा पत्रकारितामा यसको योगदानबारे छलफल गरिनेछ। साथै, बागमती प्रदेशमा सरकारी कामकाजको भाषाको रूपमा स्थापित तामाङ भाषाको प्रभावकारी कार्यान्वयनमा पत्रकारिताको भूमिकाबारे अन्तरक्रिया पनि हुनेछ। यस अवसरमा ‘आइते सिं–बुद्धिमाया रुम्बा स्मृति तामाङ पत्रकारिता पुरस्कार’ स्थापना गरिएको छ। चितवनको…
Read More
गायक सिद्धान्त खड्का र मनिश लिम्बुको ‘तिमी मेरो शब्द’ सार्वजनिक

गायक सिद्धान्त खड्का र मनिश लिम्बुको ‘तिमी मेरो शब्द’ सार्वजनिक

मकवानपुर । गायक तथा संगीतकार सिद्धान्त खड्का र गायक मनिश लिम्बुको आवाजमा ‘तिमी मेरो शब्द’ बोलको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । साईराम पिक्चर्सको अफिसियल युट्युब च्यानलमार्फत म्युजिक भिडियो सार्वजनिक भएको हो । गायक खड्काकै शब्द, संगीत, एरेञ्ज तथा मिक्सिङ–मास्टरिङमा गीत तयार भएको हो । रोमान्टिक शब्दमा र्याप समेत मिसिएको यो गीतमा रत्न विकले बाँसुरीको धुन मिसाएका छन् । गीतको म्युजिक भिडियोमा संयोग राईको निर्देशन तथा सम्पादन रहेको छ । भिडियोमा मनिक लिम्बुको सिनेम्याटोग्राफी हेर्न सकिन्छ । गीतको म्यूजिक भिडियोमा गायकद्वय सिद्धान्त र मनिशसहित अन्य कलाकारहरुले अभिनय गरेका छन् । हेर्नुहोस् म्युजिक भिडियो–
Read More
इन्द्रबहादुर बानियाँ बागमती प्रदेशका नयाँ मुख्यमन्त्री नियुक्त

इन्द्रबहादुर बानियाँ बागमती प्रदेशका नयाँ मुख्यमन्त्री नियुक्त

हेटौंडा । नेपाली कांग्रेस बागमती संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ बागमती प्रदेशका नयाँ मुख्यमन्त्री नियुक्त भएका छन्। मंगलबार प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले उनलाई पदमा नियुक्त गरेका हुन्। सो अवसरमा बानियाँले पद तथा गोपनीयताको सपथ पनि ग्रहण गरेका छन्। यसअघि सोमबार नेपाली कांग्रेसका ३७ र नेकपा एमालेका २७ सांसदहरूको समर्थन सहित बानियाँले मुख्यमन्त्री बन्ने दाबी पेश गरेका थिए। संविधानको धारा १६८ को उपधारा २ बमोजिम दाबी पेश गरेपछि प्रदेश प्रमुखले उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। बागमती प्रदेशका तत्कालीन मुख्यमन्त्री बहादुर सिंह लामाले केही दिनअघि राजीनामा दिएपछि रिक्त रहेको पदमा नयाँ नियुक्ति गरिएको हो। लामाको राजीनापछि एमाले बागमती संसदीय दलका नेता…
Read More
ज्येष्ठ नागरिक मञ्च हेटौंडा–१० लाई सामग्री हस्तान्तरण

ज्येष्ठ नागरिक मञ्च हेटौंडा–१० लाई सामग्री हस्तान्तरण

हेटौंडा । हेटौंडा उपमहानगरपालिका–१० स्थित डाक्टर टोनि हेगन पार्क परिसरमा रहेको ज्येष्ठ नागरिक भवनमा एक कार्यक्रमका बीच ‘ज्येष्ठ नागरिक मञ्च, हेटौंडा–१०’ लाई विभिन्न सामग्रीहरू हस्तान्तरण गरिएको छ। उक्त कार्यक्रममा स्मार्ट टिभी, मादल, हार्मोनियम, साउण्ड सिस्टम लगायतका सामग्रीहरू मञ्चलाई प्रदान गरिएको हो। कार्यक्रमका प्रमुख अतिथि वडा नम्बर १० का अध्यक्ष फुर्वा दोर्जे तामाङ रहेका थिए। मञ्चका अध्यक्ष पदम खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मञ्चका नगर अध्यक्ष रामचन्द्र ढकाल, महिला, बालबालिका तथा समावेशीकरण महाशाखा प्रमुख विष्णु कुमारी लामिछाने लगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्ने वक्ताहरूले ज्येष्ठ नागरिकहरूको योगदानलाई सम्मान गर्दै यस्ता सामग्रीले उनीहरूको दैनिक क्रियाकलापमा थप सहजता र मनोरञ्जन प्रदान गर्ने विश्वास व्यक्त…
Read More
हेटौँडामा आधुनिक प्रादेशिक कृषि थोक बजार उद्घाटन

हेटौँडामा आधुनिक प्रादेशिक कृषि थोक बजार उद्घाटन

हेटौंडा । बागमती प्रदेश सरकार अन्तर्गत कृषि विकास निर्देशनालय र हेटौँडा उपमहानगरपालिकाको संयुक्त लगानीमा निर्माण गरिएको देशकै नमुना प्रादेशिक कृषि थोक बजार आज एक भव्य समारोहका बीच उद्घाटन गरिएको छ। हेटौँडा उपमहानगरपालिका क्षेत्रभित्र निर्माण गरिएको यस आधुनिक कृषि बजार भवनको उद्घाटन प्रदेशका कृषि तथा पशुपंक्षी विकास मन्त्री प्रकाश श्रेष्ठ र नगर प्रमुख मीनाकुमारी लामाले संयुक्तरूपमा गरे। सोही अवसरमा बजार उपमहानगरलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको छ। करीब ३८ करोड ८८ लाख ६७ हजार रुपैयाँ लागत अनुमानसहितको पाँच तल्ले डीपीआर अनुसारको योजना भए पनि हालसम्म ३२ करोड १० लाख ५० हजार रुपैयाँको लगानीमा बेसमेन्टसहित तीनतल्ले संरचना निर्माण सम्पन्न भएको हो। बजार भवनको…
Read More
नेपाली महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी (साम्बा) हेटौंडामा सम्मानित

नेपाली महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी (साम्बा) हेटौंडामा सम्मानित

हेटौंडा । नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी (साम्बा) हेटौंडामा एक विशेष समारोहका बीच सम्मानित भएकी छन्। सञ्चारिका समूह मकवानपुरले शनिबार आयोजना गरेको “देश चिनाउने साम्बासँग हाम्रो चिनजान” शीर्षकको कार्यक्रममा कप्तान भण्डारीलाई नगद ५० हजार रुपैयाँ र सम्मानपत्रसहित सम्मान गरिएको हो। कार्यक्रममा सञ्चारिका समूह मकवानपुरकी अध्यक्ष निशा गुरुङको सभाध्यक्षता रहेको थियो भने हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बाँनिया प्रमुख अतिथि थिए। भण्डारीलाई हेटौंडा स्कुल अफ म्यानेजमेन्टका सञ्चालक तथा शिक्षाविद् पुरनबहादुर जोशीले सम्मान प्रदान गरेका थिए। सम्मान ग्रहण गर्दै कप्तान साम्बाले आफूले मोजाबाट बनाइएको भकुण्डोबाट फुटबल यात्रा सुरु गरेको स्मरण गर्दै सुरुवाती संघर्षको कथा सुनाइन्। उनले भनिन्, “अरु बच्चाहरू फुटबल…
Read More
नारायणी कलेजमा नवआगन्तुक विद्यार्थीलाई स्वागत

नारायणी कलेजमा नवआगन्तुक विद्यार्थीलाई स्वागत

हेटौंडा । हेटौंडा-१० स्थित नारायणी कलेजले कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरूलाई स्वागत गर्दै विशेष कार्यक्रमको आयोजना गरेको छ। 'खिर खाने दिन' का रूपमा चिनिने साउन १५ लाई अवसर बनाएर कलेजमा नवआगन्तुक विद्यार्थी र अभिभावकलाई खिर खुवाएर स्वागत गरिएको हो। कार्यक्रममा कलेजका प्राचार्य रघुनाथ खरालले मुख मिठ्याएर पठन–पाठन सुरु गर्ने चलन परम्परा र संस्कारसँग जोडिएको बताउँदै यसले विद्यार्थीहरूमा आत्मीयता र अनुशासनको भावना विकास गर्ने विश्वास व्यक्त गरे। कक्षा ११ का पठनपाठन साउन १६ गतेदेखि औपचारिक रूपमा सुरु हुने जनाइएको छ। कार्यक्रममा कक्षा ११ मा भर्ना भएका सबै विद्यार्थीहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा म्याजिसियन बलराम सरकारको विशेष…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.