Murchunga TV

हेटौँडा–२ बाट लागूऔषध सहित एक युवक पक्राउ

हेटौँडा–२ बाट लागूऔषध सहित एक युवक पक्राउ

हेटौंडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले विशेष सूचनाको आधारमा लागूऔषध सहित एक युवकलाई नियन्त्रणमा लिएको छ। पक्राउ परेका व्यक्ति हेटौडा उपमहानगरपालिका–२, पुरानो मनकामनापथस्थित डेरामा बस्दै आएका २१ वर्षीय युवक रहेका छन्। प्रहरीका अनुसार साउन २ गते बिहान करिब ११:३० बजे खटिएको प्रहरी टोलीले दोङको शरीर र कोठा खानतलासी गर्दा उनले लुकाईछिपाई राखेको अवस्थामा १११ ट्याब्लेट नाईट्राभेट र ५३१ क्याप्सुल ट्रामाडोल बरामद गरिएको हो। बरामद लागूऔषधसहित युवकलाई नियन्त्रणमा लिई जिल्ला अदालत मकवानपुरबाट लागूऔषध सम्बन्धी मुद्दामा ५ दिनको म्याद थप लिइएको छ। हाल घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Read More
सानोपोखराको चिया पसलबाट लागूऔषधसहित तीन जना पक्राउ

सानोपोखराको चिया पसलबाट लागूऔषधसहित तीन जना पक्राउ

मकवानपुर । मकवानपुरको हेटौंडाबाट १८८ क्याप्सुल लागूऔषध ट्रमाडोल र ५० ग्राम गाँजासहित तीन जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले विशेष सूचनाको आधारमा हेटौंडा उपमहानगरपालिका–२ स्थित सानोपोखराको एक चिया पसलमा छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा भिमफेदी गाउँपालिका घर भई हाल सोही स्थानमा चिया पसल सञ्चालन गर्दै आएकी ४२ वर्षीया महिला, १९ वर्षीय युवक र भारत मोतिहारीका २३ वर्षीय युवक रहेका छन्। प्रहरीका अनुसार साउन १ गते साँझ करिब ४:४५ बजेतिर लागूऔषध कारोवार भइरहेको सूचनाको आधारमा उनीहरूको शरीर तथा पसलको खानतलासी गर्दा लुकाइ–छिपाइ राखिएको अवस्थामा ट्रमाडोलका १८८ क्याप्सुल र ५० ग्राम गाँजा फेला परेको हो।…
Read More
हेटौंडा १२ बाट लागूऔषधसहित दुई युवा पक्राउ

हेटौंडा १२ बाट लागूऔषधसहित दुई युवा पक्राउ

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नं. १२ स्थित झोलुङ्गे पुल नजिक चोरी तथा लागूऔषधको घटनामा संलग्न दुई युवा पक्राउ परेका छन्। साउन १ गते बिहान करिब ११:०० बजे कान्छा बलको घुम्ती पसल फुटाई सामान चोरी गरिएको भन्ने सूचनाको आधारमा प्रहरी चौकी पदमपोखरीबाट खटिएको टोलीले अनुसन्धानका क्रममा दुई जनालाई नियन्त्रणमा लिएको हो। शंकास्पद रूपमा भाईरल पुल नजिकै बसिरहेका वर्ष २२ का र वर्ष २६ का २ युवालाई प्रहरीले फेला पारी खानतलासी गर्दा उनीहरुको साथबाट लागूऔषध नाईट्राभेटका २२ ट्याब्लेट र चोरी भएको ९ बट्टा पाइलट चुरोट फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। प्रहरीले बरामद सामग्रीसहित दुवै अभियुक्तलाई नियन्त्रणमा लिई मकवानपुर…
Read More
हेटौंडामा आन्तरिक रोजगार प्रवर्द्धनका लागि अन्तरक्रिया कार्यक्रम सम्पन्न

हेटौंडामा आन्तरिक रोजगार प्रवर्द्धनका लागि अन्तरक्रिया कार्यक्रम सम्पन्न

हेटौंडा । मकवानपुरको हेटौंडामा आन्तरिक रोजगार प्रवर्द्धनका लागि स्थानीय सरकार, निजी क्षेत्र र सरोकारवालाहरूबीच छलफल एवम् अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम हेटौंडा उपमहानगरपालिकाको आयोजनामा र उद्योग संघ मकवानपुरको सहआयोजनामा मंगलबार हेटौंडा स्थित पल्पसा प्याराडाईज होममा सम्पन्न भएको हो। कार्यक्रममा उपमहानगरपालिकाका नगर उपप्रमुख राजेश बानियाको सभाध्यक्षता रहेको थियो भने जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलान प्रमुख अतिथि रहनु भएको थियो। कार्यक्रममा आन्तरिक रोजगारीका अवसरहरु सृजना गर्ने विषयमा स्थानीय सरकार, निजी क्षेत्रका प्रतिनिधि तथा सरोकारवाला निकायबीच विस्तृत छलफल गरिएको थियो। सहभागीहरुले रोजगार सृजना र स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न सहकार्यको आवश्यकता औँल्याएका थिए।
Read More
Google Drive बाट PDF (वा अरु फाइल) लाई वेबसाइटमा Embed गर्ने तरिका (भिडियो सहित)

Google Drive बाट PDF (वा अरु फाइल) लाई वेबसाइटमा Embed गर्ने तरिका (भिडियो सहित)

आजभोलि अनलाइनमा विभिन्न रिपोर्ट, सूचना, रचना, फर्म तथा अन्य महत्वपूर्ण फाइलहरू आफ्नै वेबसाइटमा राख्नु आवश्यक हुन्छ। यसका लागि सबैभन्दा सजिलो तरिका हो — Google Drive प्रयोग गरेर आफ्नो फाइल अपलोड गर्ने र त्यसलाई आफ्नो वेबसाइटमा Embed गर्ने। यस ब्लग पोस्टमा हामी तपाईलाई कसरी तपाईले Google Drive बाट PDF (वा अन्य फाइल) लाई सजिलैसँग आफ्नो वेबसाइटको कुनै पनि पेज वा समाचारमा Embed गर्न सक्नुहुन्छ भनेर देखाउनेछौं। भिडियो हेर्नुहोस्– किन Google Drive बाट Embed गर्ने? -तपाईंको होस्टिङ स्पेस बचत हुन्छ -ठूलो फाइल पनि सजिलै लोड हुन्छ -मोबाइल र कम्प्युटर दुवैमा राम्रो देखिन्छ -PDF लाई स्क्रोल, जूम गर्न सकिन्छ -डाउनलोड लिंक पनि सजिलै…
Read More
हेटौंडामा टोल विकास संस्थाको रजत जयन्ती सम्पन्न

हेटौंडामा टोल विकास संस्थाको रजत जयन्ती सम्पन्न

हेटौंडा । हेटौंडा उपमहानगरपालिकामा टोल विकास संस्थाको २५औँ स्थापना दिवस तथा रजत जयन्ती समारोह भव्य रूपमा सम्पन्न भएको छ। टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष ध्रुव प्रसाद अधिकारीको अध्यक्षता र हेटौंडा उपमहानगरपालिकाका प्रमुख मिना कुमारी लामाको प्रमुख आतिथ्यतामा आयोजित सो विशेष कार्यक्रममा विभिन्न वडाका वडाध्यक्ष, समाजसेवी, संस्थाका सल्लाहकार, अभियन्ता र नगरभरिका टोल प्रतिनिधिहरुको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा प्रमुख अतिथि मेयर लामाले “सशक्त टोल संस्था भनेको नै समुन्नत नगरको आधार हो” भन्दै टोलस्तरमा बढ्दो सहभागिता, सचेतना र सेवा भावनाले समावेशी तथा सक्षम स्थानीय शासन निर्माणमा महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो। नगर समन्वय समितिका अध्यक्ष ध्रुव प्रसाद अधिकारीले २०५६ साल असार…
Read More
एसईई नतिजा सार्वजनिक: ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड, १२६ जनाको परीक्षा रद्द

एसईई नतिजा सार्वजनिक: ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड, १२६ जनाको परीक्षा रद्द

हेटौँडा । राष्ट्रिय परीक्षा बोर्डले २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ। बोर्डको शुक्रबार साँझ बसेको बैठकले कक्षा १० को वार्षिक परीक्षा परिणाम सार्वजनिक गर्ने निर्णय गरेको हो। यस वर्षको नतिजामा कुल ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन्। नियमित परीक्षामा सहभागी ४ लाख ३८ हजार ८९६ जना मध्ये विभिन्न ग्रेडमा विद्यार्थीको विवरण यस प्रकार छ: ३.६ देखि ४.० जीपीए : ४८,१७७ जना ३.२ देखि ३.६ जीपीए : ८१,३५५ जना २.८ देखि ३.२ जीपीए : ९९,१२४ जना २.४ देखि २.८ जीपीए : ४८,४७९ जना २.० देखि २.४ जीपीए : ४,१२६ जना १.६ देखि २.० जीपीए : ८…
Read More
हेटौँडामा दुई दिने सीप महोत्सव १२ र १३ असारमा हुने

हेटौँडामा दुई दिने सीप महोत्सव १२ र १३ असारमा हुने

हेटौँडा । बागमती प्रदेशको राजधानी हेटौँडामा दुई दिने सीप महोत्सव २०८२ आयोजना हुने भएको छ। प्रदेश उद्योग परिषद् र सामाजिक विकास मन्त्रालयको संयुक्त पहलमा यहि असार १२ र १३ गते महोत्सव हुने भएको हो। बागमती प्रदेश उद्योग परिसंघका अध्यक्ष लेखराज पोखरेलका अनुसार सीप विकास, दक्ष जनशक्ति उत्पादन र रोजगारी सृजना गर्ने लक्ष्यका साथ महोत्सव आयोजना गर्न लागिएको हो। उनले महोत्सवले युवाहरूलाई स्वदेशमै रोजगारीका अवसरहरू उपलब्ध गराउँदै दक्ष जनशक्ति उत्पादनमा योगदान पुर्‍याउने बताए। महोत्सवमा प्रदेश स्तरीय सीप प्रतियोगिता, साइकोमेट्रिक परीक्षण (१००० भन्दा बढी विद्यार्थी र युवाहरू लक्षित), पूर्व बाल विकास सहजकर्ता र इलेक्ट्रिकल विषयमा तालिम, विद्यार्थी तथा युवाहरूका लागि अभिमुखीकरण र…
Read More
हेटौंडा–१९ को मोही घरलाई उपमहानगरपालिकाको सहयोग

हेटौंडा–१९ को मोही घरलाई उपमहानगरपालिकाको सहयोग

हेटौंडा । नेपालमै रहेर आफ्नै व्यवसाय सञ्चालन गर्न चाहने नव उद्यमीलाई प्रोत्साहन गर्ने उद्देश्यले हेटौंडा उपमहानगरपालिकाले मोही उत्पादन व्यवसायीलाई सहयोग पुर्‍याएको छ। हेटौंडा–१९ मा सञ्चालनमा रहेको मोही घरलाई आवश्यक पर्ने दारको ठेकी, क्यान, मोटर र मदानी सहितका सामग्रीहरू हस्तान्तरण गरिएको हो। सहयोग सामग्री हस्तान्तरण कार्यक्रम हेटौंडा उपमहानगरपालिकाकी नगर प्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यमा सम्पन्न भएकाे हाे । नगर प्रमुख लामाले यस्ता लघु तथा घरेलु उद्योगहरूलाई प्रवर्द्धन गरेर स्थानीय उत्पादन र स्वरोजगारलाई टेवा पुर्‍याउने रणनीति अनुसार नगरपालिका अघि बढिरहेको बताइन्। कार्यक्रमले नव उद्यमीलाई आत्मनिर्भर बन्न प्रोत्साहन गर्ने विश्वास समेत व्यक्त गरिएको छ।
Read More
पिडाको भुङ्ग्रोबाट खारिएको सुमधुर आवाज–ईन्द्रकला राई (भिडियो)

पिडाको भुङ्ग्रोबाट खारिएको सुमधुर आवाज–ईन्द्रकला राई (भिडियो)

चन्द्र घलान,मकवानपुर । सुमधुर आवाजकी धनी गायिका ईन्द्रकला राई यतिखेर थप चर्चामा छिन्, कारण हो द भोईस अफ नेपाल गायन रियालिटी शोको सिजन ६ मा उनको ब्लाईण्ड अडिसन । उनी सिजन ६ को ब्लाईण्ड अडिसनबाट छानिएकी बाह्रौँ प्रतियोगी हुन् । साथै उनी सिजन ६ मा चारै कोचको कुर्सी घुमाउने पाँचौँ प्रतियोगी पनि हुन् । २१ वर्षीया इन्द्रकलाको आवाज जति सुमधुर छ उनको जीवनको संघर्षको कथा भने अझै निक्कै पिडादायी छ । आमाबुवाको डिभोर्स भएपछि उनको परिवारको जिम्मा उनमा आएको छ । ४ दिदी बहिनी रहेकी उनले बालुवा बोक्नेदेखि फाईनान्स सम्मको काम पनि गरिन् । ती संघर्षका दिनहरु बिताएर लाईभ म्युजिकमा…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.