Murchunga TV

हेटौडा जेसीजको नयाँ अध्यक्षमा सन्तोष पराजुली चयन

हेटौडा जेसीजको नयाँ अध्यक्षमा सन्तोष पराजुली चयन

हेटौडा । मकवानपुर जिल्लाकै पहिलो जेसीज संस्था हेटौडा जेसीजको अध्यक्षमा सन्तोष पराजुली निर्वाचित भएका छन् । सन् २०२६ कार्यकालका लागि शनिबार सम्पन्न निर्वाचनबाट पराजुली ४८औँ अध्यक्षमा निर्वाचित भएका हुन् । निर्वाचनमा कुल २०८ मतदातामध्ये १८७ मत खसेको थियो । तीमध्ये २ मत बदर भई १८५ मत सदर भएको थियो । सदर मतमध्ये सन्तोष पराजुलीले १०७ मत प्राप्त गर्दै विजय हासिल गरेका थिए भने उनका प्रतिस्पर्धी जीवन ढकालले ७८ मत प्राप्त गरेका थिए । हेटौडा जेसीजको कार्यकारिणी उपाध्यक्षमा विपिन ताम्राकार र सञ्जयकुमार न्यौपाने निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै उपाध्यक्ष पदमा अशोककुमार सिंह, विनोद वाग्ले, विवेक बानिया र श्रृजनराज बज्रचार्य पनि…
Read More
मयुरधापमा चितुवा देखिएपछि स्थानीयमा त्रास, सजग रहन आग्रह

मयुरधापमा चितुवा देखिएपछि स्थानीयमा त्रास, सजग रहन आग्रह

मकवानपुर । मकवानपुरको मयुरधाप क्षेत्रमा चितुवा देखिएपछि स्थानीयवासीमा त्रास फैलिएको छ। स्थानीय विशाल अधिकारी आशुतोषका अनुसार शुक्रबार साँझ करिब ६ बजेतिर मयुरधापमा चितुवा छेउबाटै कुद्दै गएको देखिएको हो। आशुतोषले सामाजिक सञ्जाल फेसबुकमार्फत दिएको जानकारी अनुसार उक्त समयमा उनी आफ्नी आमा, दाइ दीपक न्यौपाने, डम्बरपुरका उनका साथी र माइलो काकासँग घर नजिकै गफ गर्दै बसेका थिए। सोही क्रममा अचानक चितुवा नजिकैबाट कुद्दै गएको उनले प्रत्यक्ष देखेका हुन्। उनका अनुसार चितुवा १४ नम्बर वडा कार्यालयतर्फ गएको अनुमान गरिएको छ। यसअघि प्रत्यक्ष रूपमा चितुवा नदेखिएको बताउँदै उनले स्थानीयलाई विशेष सतर्कता अपनाउन अनुरोध गरेका छन्। घटनापछि स्थानीयले बालबालिका तथा ज्येष्ठ नागरिकलाई बाहिर नछोड्न र…
Read More
सहिद स्मारक प्रिमियर लिग नवलपुर टाइटन्सले जित्याे

सहिद स्मारक प्रिमियर लिग नवलपुर टाइटन्सले जित्याे

मकवानपुर । वागेश्वरी टोल विकास संस्थाको आयोजनामा हेटौँडा–११ मा रहेको हेटौँडा एकेडेमीको खेल मैदानमा शनिबारबाट जारी सहिद स्मारक प्रिमियर लिग नवलपुर टाइटन्सले जितेको छ । आज सम्पन्न फाइनल खेलमा नवलपुर टाइटन्सले गोल्फिन्टार किङ्सलाई ८ विकेटले पराजित गरेको छ । टस जितेर नवलपुर टाइटन्सले पहिला फिल्डिङ रोजेपछि गोल्फिन्टार किङ्सले १९ ओभरमा १० विकेटको क्षतिमा ९१ रन बनाएको थियो । जवाफी ब्याटिङ थालेको नवलपुर टाइटन्सले १० ओभरमा २ विकेटको क्षतिमा बिजयी लक्ष्य पुरा गरेको हो । फाइनल खेलमा म्यान अफ द म्याच नवलपुर टाइटन्सका असिम श्रेष्ठ घोषित भए । उनले नगद रु १ हजार प्राप्त गरे । प्रतियोगितामा बिजेता टोली नवलपुर टाइटन्सले…
Read More
नेकपा मकवानपुरको एकता विस्तारित बैठक सम्पन्न

नेकपा मकवानपुरको एकता विस्तारित बैठक सम्पन्न

हेटौँडा । नेपाली कम्युनिस्ट पार्टी मकवानपुरको एकता विस्तारित बैठक हेटौंडा -४ स्थित जिल्ला पार्टी कार्यालयको सहिद स्मृति सभाहलमा भव्यतापूर्वक सम्पन्न भएको छ। बैठकलाई पार्टीका केन्द्रीय नेता प्रमुख अतिथि गंगालाल तुलाधर, विशेष अतिथि सूर्य सुवेदी पथिक, बिरोध खतिवडा, कुमारी मोक्तान, विजय गौतम, मुनु सिग्देल, प्रेमबहादुर पुलामी, घनप्रसाद गौतम, बालकृष्ण चौलागाईले सम्बोधन गर्नुभएको थियो। भीम पाख्रिनको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सन्चालन ध्रुव भुजेलले गर्नुभएको थियो भने जेन्जी युवा वर्षा दंगालले स्वागत गर्नु भएको थियो।
Read More
मानव अधिकार रक्षकहरुका लागि क्षमता अभिवृद्धि तालिम प्रदान

मानव अधिकार रक्षकहरुका लागि क्षमता अभिवृद्धि तालिम प्रदान

हेटौंडा / अनौपचारिक क्षेत्र सेवा केन्द्र ( इन्सेक ) बागमती प्रदेश कार्यालय काठमाडौले हेटौंडामा मानव अधिकार रक्षकहरुका लागि २ दिवशीय मानव अधिकार सम्बन्धि क्षमता अभिवृद्धि तालिम प्रदान गरेको छ । तालिममा मानव अधिकार , महिला अधिकार , दलित समुदायको मानव अधिकारको अवस्था र जातीय भेदभाव तथा छुवाछूत कसुर र सजाय ऐन , मानव अधिकार रक्षकको अवस्था र चुनौती , बाल अधिकार लगायत बिषयहरु समाबेश गरिएको थियो । तालिममा इन्सेक बागमती प्रदेश संयोजक शिवप्रसाद खकुरेल , राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेश कार्यालय प्रमुख चन्द्रकान्त चापागाईं , गैसस महासङ्घ बागमती प्रदेश अध्यक्ष कमलकुमार बिष्वकर्मा , अधिवक्ता मनप्रसाद भट्टराई , अधिवक्ता अप्सरा…
Read More
बुद्ध मोक्तानको ‘सुस्तरी माया गाढा’ सार्वजनिक (भिडियो)

बुद्ध मोक्तानको ‘सुस्तरी माया गाढा’ सार्वजनिक (भिडियो)

मकवानपुर । गायक तथा संगीतकार बुद्ध मोक्तानको नयाँ गीत ‘सुस्तरी माया गाढा’ सार्वजनिक भएको छ । गायक मोक्तानकै शब्द तथा संगीतमा तयार भएको गीत उनकै अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो । गीतमा गायक बुद्ध मोक्तान र गायिका कोपिला वाईबा तामाङको आवाज रहेको छ । शंकरा डिजिटलमा रेकर्ड गरिएको गीतको एरेञ्ज विष्णु तामाङले गरेका हुन् । सागर पुनद्वारा रेकर्ड गरिएको गीतलाई कुमार सानु पुनले मिक्सिङ गरेका छन् । गीतको म्युजिक भिडियोमा नवविवाहित जोडीको बिछोडको कथा समावेश गरिएको छ । एकअर्कालाई अत्यन्तै माया गर्ने मायालु जोडीलाई वैदेशिक रोजगारीले वियोगमा पारेपछिको मन छुने शबद र दृश्यहरु म्युजिक भिडियोमा समावेश गरिएको छ ।…
Read More
जेसिज सप्ताहमा हेटौँडा जेसीजले विविध कार्यक्रम आयाेजना गर्ने

जेसिज सप्ताहमा हेटौँडा जेसीजले विविध कार्यक्रम आयाेजना गर्ने

हेटौँडा । हेटौँडा जेसीजले जेसिज सप्ताह–२०२५ का अवसरमा विभिन्न सामाजिक तथा युवामुखी कार्यक्रम सञ्चालन गर्ने भएको छ। आगामी मंगलबार कात्तिक १८ गतेदेखि सुरु हुने सो सप्ताहमा रक्तदानदेखि खाद्यान्न वितरणसम्मका गतिविधि समावेश गरिएका छन्। आइतबार आयोजित पत्रकार सम्मेलनमा हेटौँडा जेसीजका अध्यक्ष पंकज दास बानियाँले कात्तिक १८ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने कार्यक्रमहरू समाजसेवा र युवाको सक्रिय सहभागितामार्फत सकारात्मक सन्देश फैलाउने उद्देश्यले आयोजना गरिएको जानकारी दिए। मूल कार्यक्रम संयोजक सन्तोष पराजुलीका अनुसार, पहिलो दिन कात्तिक १८ गते बिहान ७ बजे हुप्रचौरमा रक्तदान कार्यक्रम हुनेछ। त्यसपछि बिहान ८ः३० बजे ‘स्लो बाइक’ प्रतियोगिता सञ्चालन गरिनेछ। कात्तिक १९ गते बिहान अन्तर–जेसिज वक्तृत्वकला प्रतियोगिता र दिउँसो…
Read More
माया गर्नेहरुको मन छुने गीत ‘बर पिपलु’ सार्वजनिक

माया गर्नेहरुको मन छुने गीत ‘बर पिपलु’ सार्वजनिक

हेटौंडा । गायक तथा पत्रकार बलराम पुडासैनी र गायिका बिना राईको आवाजमा ‘बर–पिपलु’ बोलको नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ । गीतको भिडियो अफिसियल युट्युब च्यानल मुर्चुङ्गा टिभिमार्फत् आज सार्वजनिक गरिएको हो । किशनप्रसाद सुवेदीको शब्द तथा सञ्जोग गौतमको संगीत रहेको गीतको भिडियोमा गायक पुडासैनी र गायिका राईको अभिनय देख्न सकिन्छ । गीतको संगीत संयोजन विश्व अधिकारीले गरेका हुन् । ओपल रेकर्डिङ स्टूडियो र अन्तरा स्टुडियोमा गीतको रेकर्डिङ् तथा भिडियोको छायाँकन गरिएको हो । गीतमा प्रेमको मधुर सुरुआत् र प्रेम सम्बन्ध तथा विछोडपछिको पीडा र आत्मबोधलगायतका संवेदनाहरुलाई समेट्ने प्रयास गरिएको छ । प्रेममा पर्ने युवायुवतीहरुको भावना, ब्रेकअपपछि आउने मनोवैज्ञानिक उतरचढाव…
Read More
हेटौंडामा जग्गा प्रशासन सम्बन्धी तीन दिने समीक्षा कार्यक्रम सुरु

हेटौंडामा जग्गा प्रशासन सम्बन्धी तीन दिने समीक्षा कार्यक्रम सुरु

हेटौंडा । हेटौंडामा जग्गा प्रशासनसँग सम्बन्धित समस्या पहिचान, सहजिकरण र व्यवस्थापनका विषयमा तीन दिने समीक्षा कार्यक्रम सुरु भएको छ। भौतिक पूर्वाधार तथा अभिलेख विभागले आर्थिक वर्ष २०८१/८२ मा सम्पादन गरेका कामको प्रगति विवरण सहितको समीक्षा कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाकी नगर प्रमुख मीना कुमारी लामाले आफ्नो धारणा व्यक्त गर्नुभएकाे थियाे । कार्यक्रममा बागमती प्रदेशका १३ जिल्ला र मधेस प्रदेशका ४ जिल्लाका प्रमुख मालपोत अधिकृतहरूको सहभागिता रहेको छ। उनीहरूले आफ्ना-आफ्ना जिल्लामा भएका काम तथा अनुभवका बारेमा प्रस्तुतिकरण गर्नेछन्। समस्या समाधानका उपाय तथा सुधारका सम्भावनाबारे छलफल हुने कार्यक्रम भदौ १४ गतेसम्म चल्ने आयोजकले जनाएकाे छ।
Read More
हेटौँडामा सरसफाई मजदुरका लागि सामाजिक सुरक्षा कोषको थालनी

हेटौँडामा सरसफाई मजदुरका लागि सामाजिक सुरक्षा कोषको थालनी

हेटौँडा । हेटौँडा उपमहानगरपालिका क्षेत्रभित्र दैनिक रुपमा फोहर संकलन तथा व्यवस्थापनमा संलग्न सरसफाई मजदुरहरूको स्वास्थ्य तथा सुरक्षालाई मध्यनजर गर्दै सामाजिक सुरक्षा कोषमा आवद्ध गराउने कार्यक्रम सुरु गरिएको छ। कार्यक्रमको शुभारम्भ हेटौँडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामाले गर्नुभएको हो। नगरप्रमुख लामाले वडा नं.–१० का अध्यक्ष फुर्वा दोर्जे तामाङ को उपस्थितिमा कार्यक्रमको शुभारम्भ गर्नुभएको हो । सुरुवाती चरणमा उपमहानगरभित्र दैनिक सरसफाईमा खटिने ५३ जना मजदुरलाई सामाजिक सुरक्षा कोषमा संलग्न गराइएको छ। उपमहानगरपालिकाले फोहर व्यवस्थापन कार्यलाई साझेदारी संस्थामार्फत अघि बढाउँदै आएको छ, जसअन्तर्गत ग्रिन एण्ड क्लिन सिटी, हेटौँडा सक्रिय रूपमा कार्यरत छ। यस पहलले सरसफाई मजदुरहरूको स्वास्थ्य सुरक्षामा सहयोग पुग्ने र पेशागत सम्मानमा…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.