Murchunga TV

गायक बिरु घलानको ‘ब्रेकअप ताजी ङाला’ सार्वजनिक

बिरु घलान

हेटौंडा । गायक बिरु घलानको नयाँ गीत ‘ब्रेकअप ताजी ङाला’ सार्वजनिक गरिएको छ। शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत गीत सार्वजनिक गरिएको जानकारी दिँदै आजै युट्युबमार्फत यसको आधिकारिक सङ्गीत भिडियो पनि रिलिज गरिएको हो।

आश्रम थिङको शब्द तथा सङ्गीतमा तयार गरिएको यस गीतमा गायक बिरु घलान र गायिका अनिषा तामाङको स्वर रहेको छ। गीतको अडियो निर्माण बिकास घलानले गरेका हुन् भने एरेन्ज, मिक्सिङ र मास्टरिङ सानुबाबु घिसिङले गरेका छन्।

गीतको रेकर्डिङ फ्याफुल्ला नेपालमा गरिएको हो। सङ्गीत भिडियोमा मोडलहरू आशिष लामा र याङ्गी दोङ मुख्य भूमिकामा देखिएका छन्। साथै, राजिव गोले, बुद्ध लामा, प्रकाश वाइबा, आश्रम थिङ र साम्तेन मोक्तान अतिथि कलाकारका रूपमा प्रस्तुत छन्।

भिडियो उत्पादन शर्मीला लामा, युट्युब पोस्टर महेन्द्र तिवारी, सहायक नृत्य निर्देशन सन्ध्या घलान र भिडियो सम्पादन अनिल बिष्ट प्युठानीले गरेका छन्। आशिष लामा निर्देशित भिडियोको छायांकन दुर्गा श्रेष्ठले गरेका हुन्। पोस्टउत्पादन जय राप्ती डिजिटल म्युजिक प्रा.लि.ले गरेको हो।

प्रेम, सम्बन्ध र ब्रेकअपको भावनालाई केन्द्रमा राखेर तयार गरिएको ‘ब्रेकअप ताजी ङाला’ गीतले दर्शक तथा श्रोतामाझ राम्रो प्रतिक्रिया पाउने अपेक्षा गरिएको छ।

Facebook Comments Box
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.