Murchunga TV

माया गर्नेहरुको मन छुने गीत ‘बर पिपलु’ सार्वजनिक

बर पिपलु

हेटौंडा । गायक तथा पत्रकार बलराम पुडासैनी र गायिका बिना राईको आवाजमा ‘बर–पिपलु’ बोलको नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ । गीतको भिडियो अफिसियल युट्युब च्यानल मुर्चुङ्गा टिभिमार्फत् आज सार्वजनिक गरिएको हो ।

किशनप्रसाद सुवेदीको शब्द तथा सञ्जोग गौतमको संगीत रहेको गीतको भिडियोमा गायक पुडासैनी र गायिका राईको अभिनय देख्न सकिन्छ । गीतको संगीत संयोजन विश्व अधिकारीले गरेका हुन् । ओपल रेकर्डिङ स्टूडियो र अन्तरा स्टुडियोमा गीतको रेकर्डिङ् तथा भिडियोको छायाँकन गरिएको हो ।

गीतमा प्रेमको मधुर सुरुआत् र प्रेम सम्बन्ध तथा विछोडपछिको पीडा र आत्मबोधलगायतका संवेदनाहरुलाई समेट्ने प्रयास गरिएको छ । प्रेममा पर्ने युवायुवतीहरुको भावना, ब्रेकअपपछि आउने मनोवैज्ञानिक उतरचढाव र पछुतोको गहिरो अनुभूतिलाई गीतमा कलात्मक ढंगले प्रस्तुत गरिएको छ । गीतको शब्द र संगीतमा प्रेमले ल्याउने मिठास मात्रै होइन, टुटेको सम्बन्धपछि आत्मा भित्र बज्ने मौन र तितो सङ्गीतलाई झल्काइएको छ ।

गीतलाई युवापुस्ताको मनोदशा र यथार्थ प्रेमकथाको अभिव्यक्तिको रुपमा चित्रण गरिएको छ । विछोडपछिको पश्चाताप पनि कहिलेकाहीँ प्रेमकै गहिरो प्रमाण बन्छ भन्ने शन्देश बोकेको यस गीतलाई आजको युवा पुस्ताको कथाको रुपमा हेरिएको छ ।

गायक पुडासैनीका यसअघि पनि एउटा समूह गीत सार्वजनिक भइसकेको छ । विभिन्न समयमा गायन प्रतियोगिताहरुमा सहभागी भएर चर्चा कमाएका पुडासैनी पत्रकारिता क्षेत्रमा पनि सक्रिय छन् ।

त्यस्तै गायिका राईका यसअघि नै विभिन्न गीतका म्यूजिक भिडियोहरु सार्वजनिक भइसकेका छन् । लामो समयदेखि संगीत क्षेत्रमा सक्रिय रहेकी उनका चर्चित गीतहरुले दर्शकहरुको मन जित्न सफल भएका छन् ।

हेर्नुहोस् भिडियो–

Facebook Comments Box

सम्बन्धित सामग्रीहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.