Murchunga TV

गायक अंकित गिरीको ‘प्रेम यस्तो होस्’ सार्वजनिक

गायक अंकित गिरीको ‘प्रेम यस्तो होस्’ सार्वजनिक

हेटौँडा । गायक अंकित गिरी र गायिका रश्मी विश्वकर्माको आवाजमा रहेको नयाँ गीत ‘प्रेम यस्तो होस्’ सार्वजनिक भएको छ । ओएसआर डिजिटलमार्फत सार्वजनिक गीतमा अंकित र रश्मीको मिठो आवाजसँगै रोशन विश्वकर्माको शब्द र रञ्जन राईको संगीत रहेको छ । गीतलाई विशाल निरौलाको एरेञ्ज र रञ्जन राईले मिक्सिङ मास्टरिङ गरेका छन् । म्युजिक भिडियोमा मिस पबि र रोशन खड्काले अभिनय गरेका छन् । म्युजिक भिडियोलाई बबिता श्रेष्ठ मलेखुले निर्देशन गरेका हुन् । म्युजिक भिडियोलाई महेश ऐर र टिमले छायाँकन गरेका छन् । मिन रावलले म्युजिक भिडियो सम्पादन गरेका हुन् ।
Read More
गायक विशाल सुनारको ‘नक्कली कान्छी’ सार्वजनिक

गायक विशाल सुनारको ‘नक्कली कान्छी’ सार्वजनिक

हेटौँडा । गायक विशाल सुनारको नयाँ गीत ‘नक्कली कान्छी’ सार्वजनिक भएको छ । विशालकै शब्द, संगीत र आवाज रहेको गीत उनले आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेका हुन् । गीतलाई अञ्जन श्रेष्ठले एरेन्ज गरेका हुन् । निशान्त परियार र अर्चुको अभिनय रहेको म्युजिक भिडियोमा एक विवाहित दम्पत्तिको विवाहअघिको प्रेम र विवाहपछिको अवस्था चित्रण गरिएको छ । रोमान्टिक जनराको यो भिडियोलाई आकाश श्रेष्ठले छायाँकन, सम्पादन र कलरिङ गरको हुन् । विशालले द भोईस अफ नेपाल सिजन ७ बाट ख्याति कमाएका थिए ।
Read More
चलचित्र पत्रकार संघ मकवानपुरको नेतृत्व फेरि कपिल खड्कालाई

चलचित्र पत्रकार संघ मकवानपुरको नेतृत्व फेरि कपिल खड्कालाई

हेटौंडा । चलचित्र पत्रकार संघ नेपाल मकवानपुर शाखाको नयाँ कार्यसमिति पुनः कपिल खड्काको नेतृत्वमा गठन गरिएको छ। हालै सम्पन्न अधिवेशनले खड्कालाई पुनः अध्यक्ष पदमा चयन गरेको हो। नवगठित कार्यसमितिको उपाध्यक्षमा रवीन्द्र गौतम, सचिवमा मनोेज देवकोटा, सह-सचिवमा मञ्जिता मैनाली तथा कोषाध्यक्षमा सन्नु रिजाल चयन भएका छन्। त्यसैगरी सदस्यहरूमा दर्शन क्षेत्री, मनिता राना, अन्जना न्यासुर र रामकुमार दानी रहेका छन्। नवनिर्वाचित कार्यसमितिले चलचित्र पत्रकारिता क्षेत्रको विकास, चलचित्रसम्बन्धी गतिविधिको प्रवर्द्धन तथा पत्रकारहरूको पेशागत हकहितका लागि सक्रिय रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
Read More
मकवानपुरका दुबै क्षेत्रमा रास्वपाको जित, प्रकाश गौतम र प्रशान्त उप्रेती विजयी

मकवानपुरका दुबै क्षेत्रमा रास्वपाको जित, प्रकाश गौतम र प्रशान्त उप्रेती विजयी

हेटौँडा । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत मकवानपुरका दुवै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विजयी भएका छन्। क्षेत्र नम्बर–१ मा प्रकाश गौतम र क्षेत्र नम्बर–२ मा प्रशान्त उप्रेती विजयी भएका हुन्। क्षेत्र नम्बर–१ मा रास्वपाका प्रकाश गौतमले ३६ हजार ०३३ मत प्राप्त गर्दै विजयी भएका छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय ‘डिना’ले १४ हजार ०३८ मत प्राप्त गरेकी छन्। त्यस्तै नेकपा एमालेका रामेश्वर राना मगरले १२ हजार ७८३ मत, नेपाली कम्युनिस्ट पार्टीका विजय गौतमले १० हजार ७८८ मत, उज्यालो नेपाल पार्टीका सुरेन्द्र लामाले १० हजार २०५ मत प्राप्त गरेका छन्। यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपकबहादुर सिंहले…
Read More
मकवानपुर–१ मा रास्वपाका प्रकाश गौतमको फराकिलो अग्रता

मकवानपुर–१ मा रास्वपाका प्रकाश गौतमको फराकिलो अग्रता

हेटौँडा — मकवानपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–१ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार प्रकाश गौतमले फराकिलो अग्रता कायम गरेका छन्। हालसम्म सार्वजनिक भएको मतपरिणामअनुसार गौतमले २८ हजार २७७ मत प्राप्त गर्दै पहिलो स्थानमा रहेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका रामेश्वर राना मगरले ६ हजार ४२० मत प्राप्त गरेका छन्। त्यस्तै नेपाली कांग्रेसकी उम्मेदवार **महालक्ष्मी उपाध्याय ‘डिना’ले ६ हजार ३०३ मत प्राप्त गरेकी छन्। उज्यालो नेपाल पार्टीका सुरेन्द्र लामाले ५ हजार ७४१ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपकबहादुर सिंहले ३ हजार १२६ मत, नेपाली कम्युनिस्ट पार्टीका विजय गौतमले २ हजार ३५५ मत प्राप्त गरेका छन्। यसैगरी श्रम संस्कृति…
Read More
मकवानपुर–२ मा रास्वपाका प्रशान्त उप्रेतीको फराकिलो अग्रता

मकवानपुर–२ मा रास्वपाका प्रशान्त उप्रेतीको फराकिलो अग्रता

हेटौँडा — मकवानपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–२ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार प्रशान्त उप्रेतीले फराकिलो अग्रता बनाएका छन्। हालसम्म सार्वजनिक भएको मतपरिणाम अनुसार उप्रेतीले १७ हजार ६८१ मत प्राप्त गर्दै पहिलो स्थानमा छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका महेशकुमार बर्तौलाले १३ हजार ११३ मत प्राप्त गरेका छन्। यससँगै उप्रेतीले बर्तौलामाथि ४ हजार ५६८ मतको अग्रता कायम गरेका छन्। त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार बुद्ध लामाले १२ हजार ४९ मत प्राप्त गरेका छन् भने नेपाल कम्युनिस्ट पार्टीका लवशेर विष्टले १० हजार ९० मत प्राप्त गरेका छन्। यसैगरी उज्यालो नेपाल पार्टीका उम्मेदवार प्रवीनकुमार स्याङ्तानले ४ हजार २०० मत प्राप्त…
Read More
निता थापा मगर बनिन् द भोईस अफ नेपाल सिजन ७ को ऐतिहासिक विजेता

निता थापा मगर बनिन् द भोईस अफ नेपाल सिजन ७ को ऐतिहासिक विजेता

चन्द्र घलान, मकवानपुर, २ फागुन । चर्चित गायन रियालिटी शो ‘द भोईस अफ नेपाल सिजन ७’ को उपाधी दैलेखकी निता थापा मगरले जितेकी छिन् । शनिबार भएको ग्राण्ड फिनालेमा फाईनलमा पुगेका सागर संसार राई, सञ्जिता दुरा र पुनम गुरुङलाई भोटिङमा पछि पार्दै कोच राजुको टिममा रहेकी निताले ट्रफी हात पारेकी हुन् । विजेता बनेसँगै उनले नगद पुरस्कारका साथै अन्य विभिन्न पुरस्कारहरु हात पारेकी छिन् । उनले अन्य तिन प्रतियोगीहरुको तुलनामा सर्वाधिक भोट प्राप्त गरेका थिए । शोमा निताको जीतसँगै एउटा ऐतिहासिक रेकर्ड समेत कायम भएको छ । यसअघि द भोईस अफ नेपालका ६ वटै सिजनहरुमा पुरुष प्रतियोगीले भोईसको ट्रफी जितेका…
Read More
द भोईस अफ नेपालमा रञ्जिता विश्वकर्माले बनाईन् ३ रेकर्ड

द भोईस अफ नेपालमा रञ्जिता विश्वकर्माले बनाईन् ३ रेकर्ड

चन्द्र घलान, मकवानपुर, १ पुस । द भोईस अफ नेपाल सिजन ७ की चर्चित प्रतियोगी रञ्जिता विश्वकर्मा । Ranjita Biswakarma ले शोमा लगातार ३ वटा रेकर्ड कायम गरेकी छिन् । शोको ब्लाईण्ड अडिसनमै चर्चित बनेकी रञ्जिताले शोको ब्याटल राउण्डमा आउँदा थप तहल्का मच्चाईन् । शोमा दुई वटा प्रस्तुति मात्रै दिएकी रञ्जिताले ३ वटा रेकर्ड बनाएकी छिन् । उनले कुन कुन रेकर्ड कायम गरिन् ? आउनुहोस् उनले बनाएका रेकर्डहरुबारे चर्चा गरौँ । रेकर्ड नम्बर १ द भोईस अफ नेपाल सिजन ७ मा रञ्जिताले पहिलो रेकर्ड ब्लाईण्ड अडिसनमा बनाएकी थिईन् । उनी द भोईस अफ नेपालकै ईतिहासमा अडियन्सबाट छानिएर ब्लाईण्ड अडिसनमा सहभागी…
Read More
हेटौंडामा अपाङ्ग कृषकहरूलाई बाख्रा, माहुरी घार र बंगुर वितरण

हेटौंडामा अपाङ्ग कृषकहरूलाई बाख्रा, माहुरी घार र बंगुर वितरण

हेटौंडा । अपाङ्गता भएका कृषकहरूको जीवनस्तर उकास्न हेटौंडा उपमहानगरपालिकाको सहयोगमा कृषि व्यवसाय प्रवर्धन कार्यक्रम सञ्चालन गरिएको छ। कार्यक्रम अन्तर्गत आज २६ परिवारलाई बाख्रा, ५ परिवारलाई माहुरी घार तथा २ परिवारलाई बंगुर वितरण गरिएको छ। कार्यक्रम अपाङ्ग सरोकार केन्द्र, हेटौंडा मकवानपुरको आयोजनामा सम्पन्न भएको हो। वितरण कार्यक्रमका प्रमुख अतिथि उपमहानगरपालिकाकी नगर प्रमुख मीनाकुमारी लामा रहनु भएको थियो। नगर प्रमुख लामाले अपाङ्गता भएका नागरिकहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले सञ्चालन गरिएका यस्ता कार्यक्रमहरूले उनीहरूको जीविकोपार्जनमा सहयोग पुग्ने विश्वास व्यक्त गरिन्। कार्यक्रममा सहभागी लाभग्राहीहरूलाई उत्पादनमुखी बनाउँदै आत्मनिर्भर जीवनशैली अपनाउन प्रेरणा दिने उद्देश्य राखिएको आयोजकले जनाएको छ।
Read More
हेटौंडामा सार्वजनिक जग्गा मिचेर बनाइएका संरचना १५ दिनभित्र हटाइने

हेटौंडामा सार्वजनिक जग्गा मिचेर बनाइएका संरचना १५ दिनभित्र हटाइने

हेटौंडा । हेटौंडा उपमहानगरपालिका क्षेत्रभित्र सार्वजनिक जग्गा मिचेर बनाइएका संरचना हटाउने तयारी सुरु गरिएको छ। स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को प्रावधानअनुसार उपमहानगरपालिकाले यो कार्य अघि बढाउने भएको हो। उपमहानगरपालिका कार्यालयद्वारा असार २ गते प्रकाशित सूचनामा हेटौंडा उपमहानगरपालिकाभित्र सार्वजनिक जग्गा मिचेर बनाइएका घरटहरा लगायतका निजी संरचनाहरू १५ दिनभित्र हटाउनु भनिएको छ। यस अवधिमा स्वेच्छाले संरचना नहटाएमा नगरपालिकाले अनिवार्य रूपमा हटाउने बताइएको छ। सूचनामा भनिएको छ, "निर्धारित समयभित्र संरचना नहटाइएमा नगरपालिका स्वयंले संरचना हटाउनेछ र त्यससम्बन्धी सम्पूर्ण खर्च सम्बन्धित व्यक्ति/संस्थाबाट असुल गरिनेछ।" प्रमुख प्रशासकीय अधिकृत द्वारा हस्ताक्षरित सूचनामा सार्वजनिक सम्पत्तिको संरक्षण गर्नु स्थानीय सरकारको प्रमुख दायित्व भएको उल्लेख छ। यसकारण, उपमहानगरपालिकाले…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.