Murchunga TV

बागमती गाउँपालिकाको बाख्रे गाउँमा आगलागीले थोकरको घर जलेर नष्ट

बागमती गाउँपालिकाको बाख्रे गाउँमा आगलागीले थोकरको घर जलेर नष्ट

मकवानपुर । मकवानपुरको बागमती गाउँपालिका गाउँपालिका वडा नम्बर ७ बाख्रे गाउँमा आगलागीबाट एक घर जलेर पूर्णरूपमा नष्ट भएको छ। आगलागी सगर थोकरको घरमा भएको हो। घटनाको जानकारी पाएपछि बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलानसहितको टोली घटनास्थलमा पुगेर तत्काल राहत सामाग्री वितरण र अस्थायी बसोबासको व्यवस्था मिलाएका छन्। अध्यक्ष घलानले आगलागीपछिको अवस्था बुझेर पीडित परिवारलाई तत्कालका लागि आवश्यक सहयोग पुर्‍याइएको सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका छन्। आगलागी हुनुको कारण र क्षतिको पूर्ण विवरण भने आउन बाँकी रहेको छ। स्थानीयवासीको समन्वयमा आगो नियन्त्रणमा लिइएको थियो।
Read More
हेटौंडामा किशोरीहरुसँग संवाद कार्यक्रम सम्पन्न

हेटौंडामा किशोरीहरुसँग संवाद कार्यक्रम सम्पन्न

हेटौंडा । हेटाैंडा उपमहानगरपालिकामा रहेका निजी तथा सामुदायिक विद्यालयमा अध्ययनरत किशोरीहरुसँग विशेष संवाद कार्यक्रम सम्पन्न भएको छ। महिला, बालबालिका तथा समावेशीकरण महाशाखाको आयोजनामा भएको उक्त 'किशोरी संवाद' कार्यक्रममा नगर प्रमुख मीनाकुमारी लामाले सहभागी किशोरीहरूले उठाएका विभिन्न जिज्ञासाहरूको उत्तर दिँदै भोलिका दिनमा उनीहरूले भोग्नुपर्ने सम्भावित समस्याप्रति सजग रहन सुझाव दिनुभयो। उहाँले किशोरी अवस्थालाई सुरक्षित र आत्मविश्वासी बनाउन आवश्यक उपायहरू अवलम्बन गर्न पनि प्रेरित गर्नुभयो। कार्यक्रममा हेटौंडा–२ का वडा अध्यक्ष विष्णु गोपाल महर्जन, जिल्ला समन्वय अधिकारी शान्ति विश्वकर्मा, महाशाखा प्रमुख विष्णुकुमारी लामिछानेलगायतको पनि उपस्थिति रहेको थियो। किशोरीहरूको सवाल-जवाफ र खुला छलफलमार्फत उनीहरूको आवाज सुन्ने र भविष्यमा नीति निर्माणमा सहभागी गराउने उद्देश्यले कार्यक्रम…
Read More
पदमपोखरीका जनकलाल वाईबाको उपचारका लागि सहयोग संकलन

पदमपोखरीका जनकलाल वाईबाको उपचारका लागि सहयोग संकलन

हेटौंडा । साउदी अरबको आभास्थित फिदाक रोड कन्स्ट्रक्सन कम्पनीमा कार्यरत हेटौंडा–१३ पदमपोखरी निवासी जनकलाल वाइबा कार्यस्थलमा दुर्घटनामा परेपछि उपचार खर्च जुटाउन हेटौंडाका युवाहरूले सहयोग संकलन गरेका छन्। स्थानीय अनिल बसेलसहितका युवाहरूको टोलीले हेटौंडाका विभिन्न चोक, चौतारा र सडकमा सांगीतिक प्रस्तुतीमार्फत आर्थिक संकलन गर्दै रु २५,००० (पच्चिस हजार रुपैयाँ) जुटाएका हुन्। संकलित रकम जनक लाल वाइबाको घरमै पुगी उनकी श्रीमती कृष्णमाया वाइबालाई हस्तान्तरण गरिएको बसेलले बताए । सहयोग संकलन कार्यक्रममा स्थानीय गायक दिलिप लामा स्याङ्तानले सांगितिक प्रस्तुति दिईरहेका छन् । वाइबाको स्वास्थ्य अवस्था जटिल रहेको र पूर्ण रूपमा निको हुन अझै केही महिना लाग्ने श्रीमती कृष्णमायाले जानकारी दिएकी छिन्। सहयोगी टोलीले…
Read More
हेटौंडा ६, ७ र ८ जोड्ने दुई कल्भर्ट पुल उद्घाटन

हेटौंडा ६, ७ र ८ जोड्ने दुई कल्भर्ट पुल उद्घाटन

हेटौंडा । हेटौंडा-फापरबारी सडक खण्ड अन्तर्गतको दुई महत्वपूर्ण स्थानमा निर्माण सम्पन्न भएका कल्भर्ट पुलहरुको उद्घाटन गरिएको छ। हेटौंडा उपमहानगरपालिका वडा नं. ६ र ७ जोड्ने हरियाली क्षेत्रमा तथा वडा नं. ८ ॐ नगर खहरे क्षेत्रमा निर्माण गरिएका दुबै पुलको उद्घाटन नगर प्रमुख मीनाकुमारी लामा, उपप्रमुख राजेश बानियाँ तथा सम्बन्धित वडाध्यक्ष र सदस्यहरूको उपस्थितिमा सम्पन्न भएको हो। वडा नं. ६ र ७ जोड्ने ११ मिटर लम्बाइको पुल १ करोड १९ लाख रुपैयाँको लागतमा निर्माण गरिएको छ भने वडा नं. ८ मा रहेको १४ मिटर लम्बाइको पुल ८२ लाख ३ हजार ९८६ रुपैयाँको लागतमा सम्पन्न गरिएको हो। हेटौंडा उपमहानगरपालिकाका अनुसार पुल निर्माण…
Read More
हेटौँडामा डढेलोको प्रभावः धुवाँका कारण आँखा पिरो हुने र खोकी लाग्ने समस्या बढ्यो

हेटौँडामा डढेलोको प्रभावः धुवाँका कारण आँखा पिरो हुने र खोकी लाग्ने समस्या बढ्यो

हेटौँडा, २१ चैत । हेटौँडाका विभिन्न क्षेत्रमा लागेको डढेलोका कारण अहिले सम्पूर्ण वातावरण धुवाँमय बनेको छ। भैरवडाँडा, मनकामना डाँडा तथा अन्य विभिन्न स्थानहरूमा फैलिएको डढेलोले वायु प्रदूषण बढाएको छ, जसले गर्दा स्थानीय बासिन्दा र सवारी साधन चालकहरू स्वास्थ्य समस्यामा परेका छन्। धुवाँको असरले गर्दा विशेषगरी बाहिर निस्कँदा मानिसहरूलाई आँखा पिरो हुने, खोकी लाग्ने तथा स्वासप्रश्वासमा समस्या देखिन थालेको छ। मोटरसाइकल, अटो तथा मयुरी चालकहरू अझ बढी प्रभावित भएका छन् किनभने उनीहरू दिनभरि खुला वातावरणमा यात्रा गर्नुपर्ने हुन्छ। स्थानीयवासीहरूले डढेलो नियन्त्रणका लागि तत्काल उपाय खोज्न सम्बन्धित निकायलाई आग्रह गरेका छन्। साथै, स्वास्थ्यकर्मीहरूले धुवाँबाट जोगिन मास्कको प्रयोग गर्न, सकेसम्म घरभित्रै बस्न तथा…
Read More
हेटौंडा महिला मैत्री शहर निर्माणका लागि छनोट

हेटौंडा महिला मैत्री शहर निर्माणका लागि छनोट

मकवानपुर । हेटौंडा उपमहानगरपालिका देशभरका २९३ नगरपालिकामध्ये महिला मैत्री शहर निर्माणका लागि छनोट भएको छ। यसै सन्दर्भमा आयोजित कार्यक्रममा नगर प्रमुख मीनाकुमारी लामाले आफ्नो धारणा राख्दै महिला मैत्री शहर निर्माणका लागि ठोस कार्ययोजना अघि बढ्ने बताइन्। कार्यक्रममा उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत भरत गौतम, विभिन्न वडाका अध्यक्षहरू, उपमहानगरका विज्ञ सल्लाहकार डा. कृष्णप्रसाद धिताल, युएनवपिएसका विज्ञ डा. चुडामणी जोशी लगायतको उपस्थिति थियो। औपचारिक कार्यक्रमसँगै महिला मैत्री शहर निर्माणको कामले गति लिने बताइएको छ। यस योजनाले महिलामैत्री पूर्वाधार, सुरक्षित सार्वजनिक स्थल, तथा लैंगिक समानताको प्रवर्द्धनलाई प्राथमिकता दिने अपेक्षा गरिएको छ।
Read More
प्रदेशस्तरीय समाचार लेखन प्रतियोगितामा हेटौँडाकी सुनिता प्रथम

प्रदेशस्तरीय समाचार लेखन प्रतियोगितामा हेटौँडाकी सुनिता प्रथम

मकवानपुर । बागमती प्रदेश स्तरीय समाचार लेखन प्रतियोगितामा हेटौँडाकी सुनिता विष्ट प्रथम भएकी छिन् । प्रतियोगितामा काठमाडौँकी सरस्वती अधिकारी द्वितीय ,हेटौँडाकी स्मिता अर्जेल तृतीय र काभ्रेकी सुनिता सापकोटाले सान्त्वना स्थान प्राप्त गरेको नेपाल पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष कृष्ण सारु मगरले जानकारी दिए । कार्यक्रम बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयको आयोजना तथा नेपाल पत्रकार महासंघ बागमती प्रदेश समिति र सञ्चारिका समूह बागमती प्रदेशको संयोजनमा सम्पन्न भएको हो। खोज मूलक पत्रकारिताका लागि महिला पत्रकारहरुलाई विद्वतवृत्ति गर्ने कार्यक्रम अन्तर्गत मंगलबार प्रतियोगिता आयोजना गरिएको थियो । प्रतियोगितामा उत्कृष्ट २० प्रतियोगीमध्ये १३ जिल्लाका १७ जनाको सहभागीता रहेको थियो । यसअघि खोज मूलक पत्रकारिताका लागि…
Read More
हेटौंडाको सडक किनारमा पर्यटकीय गन्तव्य झल्काउने भित्तेचित्र

हेटौंडाको सडक किनारमा पर्यटकीय गन्तव्य झल्काउने भित्तेचित्र

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले नगरलाई सुन्दर बनाउन थालेको अभियान अन्तर्गत नेपाल ट्रस्टको पर्खालमा भित्तेचित्र कोर्ने कार्य अघि बढाइएको छ। पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौंडा-१० को सडक छेउमा रहेका उक्त पर्खालमा उपमहानगर क्षेत्रभित्रका महत्वपूर्ण पर्यटकीय गन्तव्यलाई चित्रकलामार्फत प्रस्तुत गरिंदैछ। नगर प्रमुख मीनाकुमारी लामाले चित्रकलाको अवलोकन गर्दै थप सुधारका लागि सुझावसमेत दिएकी छिन्। पहिलो चरणमा १७ सय स्क्वार फिट क्षेत्रमा १५ वटा चित्र बनाइने योजना छ। नगरको खरिद समितिमार्फत विभिन्न वडाका पर्यटकीय स्थलहरूलाई चित्रमा उतार्ने जिम्मा कलाकारहरूलाई दिइएको छ। यस भित्तेचित्र निर्माणका लागि उपमहानगरपालिकाले ४ लाख ६८ हजार ३५३ रुपैयाँको ठेक्का लगाएर काम अगाडि बढाएको छ। यस अभियानले हेटौंडाको सौन्दर्य अभिवृद्धि गर्दै आन्तरिक तथा…
Read More
सडक नाटकमा बुद्ध मावि हात्तिगौँडा प्रथम

सडक नाटकमा बुद्ध मावि हात्तिगौँडा प्रथम

मकवानपुर ।हेटौँडामा आयोजित प्रथम नगरस्तरीय सडक नाटक प्रतियोगितामा बुद्ध मावि, हेटौंडा-१२ हात्तिगौँडा प्रथम भएकाे छ । प्रतियाेगितामा बुद्ध माविले प्रस्तुत गरेको "अप्सरा" नामक नाटकले प्रथम स्थान हासिल गर्न सफल भएको हाे । सामाजिक रूपान्तरणका लागि सचेतनामूलक सन्देश दिने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा विजेता बनेसँगै बुद्ध माविले रु. १५,०००/- नगद पुरस्कार प्राप्त गर्न सफल भएको छ । प्रतियोगितामा विभिन्न विद्यालय तथा संस्थाका नाटक समूहहरूले सामाजिक विषयवस्तुमा आधारित सिर्जनशील नाटक प्रस्तुति राखेका थिए । हेटौंडा उपमहानगरपालिका-४ नम्बर वडा कार्यालयको आयोजना तथा झलझली मल्टिक्रियसन म्युजिक स्टुडियोको व्यवस्थापनमा प्रतियोगिता सम्पन्न भएको हो ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.