हेटौँडामा दुई दिने सीप महोत्सव १२ र १३ असारमा हुने
हेटौँडा । बागमती प्रदेशको राजधानी हेटौँडामा दुई दिने सीप महोत्सव २०८२ आयोजना हुने भएको छ। प्रदेश उद्योग परिषद् र सामाजिक विकास मन्त्रालयको संयुक्त पहलमा यहि असार १२ र १३ गते महोत्सव हुने भएको हो। बागमती प्रदेश उद्योग परिसंघका अध्यक्ष लेखराज पोखरेलका अनुसार सीप विकास, दक्ष जनशक्ति उत्पादन र रोजगारी सृजना गर्ने लक्ष्यका साथ महोत्सव आयोजना गर्न लागिएको हो। उनले महोत्सवले युवाहरूलाई स्वदेशमै रोजगारीका अवसरहरू उपलब्ध गराउँदै दक्ष जनशक्ति उत्पादनमा योगदान पुर्याउने बताए। महोत्सवमा प्रदेश स्तरीय सीप प्रतियोगिता, साइकोमेट्रिक परीक्षण (१००० भन्दा बढी विद्यार्थी र युवाहरू लक्षित), पूर्व बाल विकास सहजकर्ता र इलेक्ट्रिकल विषयमा तालिम, विद्यार्थी तथा युवाहरूका लागि अभिमुखीकरण र…