हेटौंडा । हेटौंडामा जग्गा प्रशासनसँग सम्बन्धित समस्या पहिचान, सहजिकरण र व्यवस्थापनका विषयमा तीन दिने समीक्षा कार्यक्रम सुरु भएको छ।
भौतिक पूर्वाधार तथा अभिलेख विभागले आर्थिक वर्ष २०८१/८२ मा सम्पादन गरेका कामको प्रगति विवरण सहितको समीक्षा कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाकी नगर प्रमुख मीना कुमारी लामाले आफ्नो धारणा व्यक्त गर्नुभएकाे थियाे ।
कार्यक्रममा बागमती प्रदेशका १३ जिल्ला र मधेस प्रदेशका ४ जिल्लाका प्रमुख मालपोत अधिकृतहरूको सहभागिता रहेको छ। उनीहरूले आफ्ना-आफ्ना जिल्लामा भएका काम तथा अनुभवका बारेमा प्रस्तुतिकरण गर्नेछन्।
समस्या समाधानका उपाय तथा सुधारका सम्भावनाबारे छलफल हुने कार्यक्रम भदौ १४ गतेसम्म चल्ने आयोजकले जनाएकाे छ।
Facebook Comments Box