हेटौँडा । हेटौँडा उपमहानगरपालिका क्षेत्रभित्र दैनिक रुपमा फोहर संकलन तथा व्यवस्थापनमा संलग्न सरसफाई मजदुरहरूको स्वास्थ्य तथा सुरक्षालाई मध्यनजर गर्दै सामाजिक सुरक्षा कोषमा आवद्ध गराउने कार्यक्रम सुरु गरिएको छ।
कार्यक्रमको शुभारम्भ हेटौँडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामाले गर्नुभएको हो। नगरप्रमुख लामाले वडा नं.–१० का अध्यक्ष फुर्वा दोर्जे तामाङ को उपस्थितिमा कार्यक्रमको शुभारम्भ गर्नुभएको हो ।
सुरुवाती चरणमा उपमहानगरभित्र दैनिक सरसफाईमा खटिने ५३ जना मजदुरलाई सामाजिक सुरक्षा कोषमा संलग्न गराइएको छ। उपमहानगरपालिकाले फोहर व्यवस्थापन कार्यलाई साझेदारी संस्थामार्फत अघि बढाउँदै आएको छ, जसअन्तर्गत ग्रिन एण्ड क्लिन सिटी, हेटौँडा सक्रिय रूपमा कार्यरत छ।
यस पहलले सरसफाई मजदुरहरूको स्वास्थ्य सुरक्षामा सहयोग पुग्ने र पेशागत सम्मानमा वृद्धि हुने अपेक्षा गरिएको छ।