Murchunga TV

हेटौँडा उपमहानगरपालिकाद्वारा अन्तर्राष्ट्रिय पदक विजेता खेलाडी सुदर्शन खतिवडालाई नगद सहित सम्मान

खेलाडी सुदर्शन खतिवडा

हेटौँडा । अजरबैजानको बाकुमा सम्पन्न इण्टरनेशनल बुडो मार्सल आर्ट च्याम्पियनसिप २०२५ मा उत्कृष्ट प्रदर्शन गर्दै पदक जित्न सफल हेटौंडा उपमहानगरपालिका–१८ का खेलाडी सुदर्शन खतिवडालाई सम्मान गरिएको छ।

मकवानपुर क्योकुशिन कराते संघ बालकुमारी (IKO Union) मकवानपुरको आयोजनामा जिल्ला खेलकुद विकास समितिको सभाहलमा मंगलबार आयोजित खेलाडी सम्मान कार्यक्रममा कार्यक्रमकी प्रमुख अतिथि हेटौंडा उपमहानगरपालिका नगर प्रमुख मीनाकुमारी लामाले खतिवडालाई नगद २५ हजार १२५ रुपैयाँसहित सम्मानपत्र प्रदान गरेकी हुन्।

मकवानपुर क्योकुशिन कराते संघ बालकुमारी (IKO Union) मकवानपुरका प्रतिभाशाली खेलाडी खतिवडाले करातेतर्फ स्वर्ण, किकबक्सिङ्गतर्फ काँस्य पदक जित्दै नेपालको नाम अन्तर्राष्ट्रिय स्तरमा उजागर गरेका थिए। उक्त प्रतियोगिता जुलाई २६ देखि २८ तारिखसम्म बाकुमा सम्पन्न भएको थियो, जहाँ विभिन्न मुलुकका खेलाडीहरूले सहभागिता जनाएका थिए।
खेलाडी सुदर्शन खतिवडा

उनको उत्कृष्ट प्रदर्शनले आयोजकसहित दर्शकहरूको ध्यान तानेको बताइएको छ। लामो समयदेखि कराते तथा किक बक्सिङ्ग अभ्यासमा सक्रिय खतिवडाले यसअघि पनि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सफलताको उपलब्धि हासिल गरिसकेका छन्।

नगर प्रमुख लामाले सुदर्शनले पदक जितेर हेटौंडाको मात्र नभई सम्पूर्ण नेपालको गौरव बढाएको भन्दै आगामी दिनमा अझै उत्कृष्ट उपलब्धि हासिल गर्न शुभकामना दिइन्।

Facebook Comments Box

सम्बन्धित सामग्रीहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.