खुशी कार्की बनिन् ‘मेरो डान्स युनिभर्स’को पहिलो विजेता

मकवानपुर, २ भदौ । चर्चित डान्सिङ रियालिटी शो ‘मेरो डान्स यूनिभर्स’ सिजन १ की विजेता थाईल्याण्डबाट सहभागिता जनाएकी खुशी कार्की बनेकी छिन् । फाईनलमा पुगेका अन्य प्रतियोगीहरुलाई पछि पार्दै उनले जीत हासिल गरेकी हुन् । उनले सर्वाधिक भोट प्राप्त गरेर जित हासिल गरेसँगै नगद एक करोड, मेरो डान्स युनिभर्सको ट्रफी र अन्य विभिन्न पुरस्कारहरु जितेकी छिन् ।

शोमा बेल्जियमकी देवी गर्बुजा मगर दोस्रो, सिक्किमका मिङ्मा डि लेप्चा तेस्रो, गोरखाका स्वस्तिक अर्याल चौथो र महोत्तरीका नेशन शुसलिङ मगर पाँचौँ भएका छन् । उनीहरुले पनि नगद पुरस्कारसँगै ट्रफी प्राप्त गरेका छन् ।

सम्बन्धित सामग्रीहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.