प्रितम राईले जिते मेरो भोईस युनिभर्स

मकवानपुर, २ भदौ । चर्चित गायन रियालिटी शो ‘मेरो भोईस यूनिभर्स’ को पहिलो विजेता सिक्किमका प्रितम राई बनेका छन् । शनिबार भएको फाईनल भिडन्तमा उनले जित हासिल गरेका हुन् । फाईनलमा पुगेका अन्य फाइनालिष्टलाई पछि पार्दै सर्वाधिक भोट प्राप्त गरेर उनी शोको विजेता बनेका हुन् । विजेता बनेसँगै उनले नगद रु. १ करोड, मेरो भोईस युनिभर्सको ट्रफी र अन्य विभिन्न पुरस्कारहरु प्राप्त गरेका छन् ।

शोमा सिक्किमकको रम्पु निवासी शिशिर ठटाल दोस्रो, काभ्रेपलाञ्चोकका शरद हुमागाई तेस्रो, संखुवासभाका परेश राई चौथो र दार्जिलिङका साईराज खाति पाँचौँ भएका छन् । उनीहरुले पनि विभिन्न पुरस्कारहरु प्राप्त गरेका छन् ।

प्रितमले शोमा नै निर्णायकहरुबाट सबैभन्दा धेरै अर्थात ५९४ अंक पाएर रेकर्ड कायम गरेका थिए । उनले उत्कृष्ट ९ को प्रस्तुतिका क्रममा उक्त रेकर्ड कायम गरेका हुन् । साथै उनले उत्कृष्ट ९ कै प्रस्तुतिका क्रममा पर्फोमर अफ द विक अवार्ड पनि जितेका थिए । हेर्नुहोस् भिडियो–

सम्बन्धित सामग्रीहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.