हेटौँडा डान्सिङ आइडलको फाईनलमा कमानेकी रोमिया भट्टराई

मकवानपुर, १६ पुस । मकवानपुरको हेटौँडा ८ कमाने निवासी रोमिया भट्टराई ‘हेटौँडा डान्सिङ आइडल’ को फाईनमा पुगेकी छिन् । हेटौँडा १० टिसिएन चौरमा जारी ‘बृहत खेलकुद तथा व्यापार महोत्सव’ अन्तर्गत आयोजित हेटौँडा डान्सिङ आइडलका ६ फाईनालिष्टमध्ये उनी एक हुन् ।

प्रतियोगिताको आज सोमबार फाईनल हुँदैछ । महोत्सव हेर्न गएका दर्शकले महोत्व स्थल प्रवेशका लागि लिएको टिकटको अर्धकट्टी प्रयोग गरी रोमियालाई भोट गर्न सक्ने रोमियालाई मदत गरिरहनुभएकी अस्मिता श्रेष्ठले जानकारी दिनुभएको छ ।

रोमियाको कोड नम्बर ०६ भएकोले उनलाई धेरैभन्दा धेरै भोट गर्न श्रेष्ठले महोत्सव हेर्न आउने दर्शकहरुलाई आग्रह गर्नुभएको छ । मकवानपुर जिल्ला खेलकुद विकास समितिको मूख्य आयोजनामा महोत्सव आयोजना भएको हो ।

सम्बन्धित सामग्रीहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.