मकवानपुर, १२ मंसिर । चर्चित गायन रियालिटी शो ‘द भोईस अफ नेपाल सिजन ५’ की सर्वाधिक चर्चित प्रतियोगी गीता गुरुङ द भोईस अफ नेपालको नकाउटबाट बाहिरिएको हल्ला चलेपछि अहिले दर्शकहरु चकित भएका छन् । हुन त उनी बाहिरिन सक्ने सम्भावना त्यत्ति देखिँदैन तर अहिले मिडियामा यस्तै हल्ला चलिरहेको छ । के गीता नकाउट राउण्डबाट बाहिरिएकै हुन् त ? कि यो हल्ला मात्रै हो ? आखिर कहाँबाट आयो यस्तो हल्ला ? आउनुहोस् यस विषयमा चर्चा गरौँ ।
द भोईस अफ नेपाल सिजन ५ को ब्याटल राउण्ड जित्दै नकाउटका लागि छानिएकी प्रतियोगी हुन् सिक्किमकी गीता गुरुङ । उनले कोच प्रमोदको टिमबाट फोर चेयर टर्न समिर खरेलसँग दमदार ब्याटल भिडेकी थिईन् । गीता द भोईस अफ नेपाल सिजन ५ मा चारै जना कोचको कुर्सी घुमाउने चौधौँ प्रतियोगी पनि हुन् । सुमधुर आवाजकी धनी गीता कोच प्रमोदको टिमबाट विजेता दाबेदार समेत भएको दर्शकहरु बताउँछन् । तर उनै गीता अहिले नकाउटबाट बाहिरिएको हल्ला चलेको छ । वास्तवमा यो हल्ला उनको फेसबुक पोष्टका कारण सुरु भएको हो ।
गीताले आफ्नो फेसबुक पेजमार्फत सोमबार बिहान १० बजेर २२ मिनेट जाँदा एउटा पोष्ट गरेकी थिईन् । उनले पोष्टमा लेखेकी छिन्–‘एउटै घरभित्रको नानीहरुमा कसैलाई लाखा कसैलाई पाखा त्यसो नगरीदिनुस् न ए मेरो बाबाआमा ।’ उनले यो पोष्टको मुनि ह्यासट्याग सटायर लेखेकी छिन् । अनि उनले त्यसमूनि अङ्ग्रेजीमा तपाईहरुले कारण छिट्टै थाह पाउनुहुनेछ पर्खदै गर्नुस् भनेर लेखेकी छिन् । साथै उनले आफुलाई माया र साथ दिने सबैलाई धन्यवाद पनि भनेकी छिन् । उनको यही स्टाटसका कारण दर्शकहरुले उनी कतै नकाउट राउण्डबाट बाहिरिएकी हुन् कि भनेर हल्ला सुरु गरेका हुन् ।
उनले यो स्टाटसमा ‘सटायर’ भन्ने शब्द नलेखेको भए सायद दर्शकहरुले यो हल्ला सुरु गर्दैनथिए होलान् तर उनको यो स्टाटस द भोईस अफ नेपालकै विषयमा भएको भन्दै दर्शकहरुले अनुमान गर्दै उनलाई प्रश्नहरु गरेका हुन् । उनी साँच्चै बाहिरिने सम्भावना निक्कै कम छ तर कोच प्रमोदको टिममा कडा प्रतिस्पर्धीहरु भएकोले नकाउटबाट बाहिरिएलान् कि भन्ने पनि चिन्ता पनि छ । नकाउट राउण्डको शुटिङ भईसकेकोले दर्शक बाहेक सहभागीहरुलाई रिजल्टको बारेमा थाह नै छ । त्यसैले दर्शकहरु गीताको रिजल्टलाई लिएर चिन्तित देखिएका छन् ।
हेर्नुहोस् भिडियो–