प्रमोदको गलत निर्णयले बाहिरिए विजेता दाबेदार

मकवानपुर, २७ कात्तिक । चर्चित गायन रियालिटी शो ‘द भोईस अफ नेपाल सिजन ५’ को ब्याटलबाट दुई होनहार प्रतियोगीहरु बाहिरिएका छन् । कोच प्रमोदको टिममा रहेकी मेघ्ना ज्ञवाली र समिर खरेल शोबाट बाहिरिएका हुन् । यी दुई प्रतियोगी ब्लाईण्डका साथै ब्याटलमा पनि खरो उत्रिएका थिए । तर कोच प्रमोदको गलत निर्णयले यी दुबै प्रतियोगीहरु शोबाट बाहिरिए । दर्शकहरुको विचारलाई मान्ने हो भने यी दुई प्रतियोगी कोच प्रमोदको टिमबाट विजेता दाबेदार थिए । तर यी दुबै प्रतियोगीलाई कोच प्रमोदले दमदार प्रतियोगीहरुसँगै भिडाए जसका कारण यी दुबै प्रतियोगीले शोबाट बाहिरिनुपर्यो ।

मेघ्ना र समिर दुबै जना चारै कोचलाई आफुतर्फ फर्काएका टिम प्रमोदका दमदार प्रतियोगीहरु थिए । उनीहरुमध्ये मेघ्नाले टिम प्रमोदकै तेन्जिङ डोल्मा गुरुङसँग ब्याटल भिडेकी थिईन् । तेन्जिङले ३ जना कोचको कुर्सी घुमाएकी थिईन् । त्यसैले पनि सायद कोच प्रमोदले निर्णय गर्न सजिलो ठानेर अथवा दुबैको विधा मिल्ने भएकोले यी दुबैलाई एकैठाउँमा भिडाए । तर नतिजा प्रमोदले सोचेको जस्तो भएन । किनभने यी दुबै प्रतियोगी रकिङ प्रस्तुतिमा खरो उत्रिन सक्ने प्रतियोगीहरु थिए । मेघ्नालाई अन्य कोचहरुले स्टिल गर्न सक्ने सम्भावना थियो । तर उनी स्टिल भईनन् । त्यसैले द भोईस अफ नेपालले एउटा होनहार आवाज गुमायो ।

त्यस्तै समिर खरेल र गिता गुरुङ दुबै जनाले चारै जना कोचको कुर्सी घुमाएका थिए । कोच प्रमोदले यी दुबैलाई सम्भवत एउटै विधा गाउन सक्ने र स्टिल हुने सतप्रतिशत दाबेदार रहेकोले सँगै भिडाएका थिए । तर नतिजा उल्टो निस्कियो । यी दुबै प्रतियोगीले यति दमदार गाएकी एउटालाई छान्दा अर्को प्रतियोगी स्टिल हुने सम्भावना सतप्रतिशत नै थियो । त्यसैले पनि प्रमोदे ढुक्क भएर गितालाई नकआउटका लागि छानेका हुनसक्छन् । प्रमोद अति विश्वस्त हुँदा समिर जस्तो गायक शोबाट बाहिरिए किनभने उनलाई कसैले स्टिल गरेनन् । यसरी प्रमोदले यी दुई प्रतियोगीलाई सँगै ब्याटल भिडाउनु नै गलत भएको दर्शकहरुले दाबी गरिरहेका छन् । अब कोच प्रमोदको टिममा ३ जना प्रतियोगीहरु छन् जसले चारै जना कोचको कुर्सी घुमाएका थिए ।हेर्नुहोस् भिडियो–

सम्बन्धित सामग्रीहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.