Murchunga TV

प्रमोदको गलत निर्णयले बाहिरिए विजेता दाबेदार

मकवानपुर, २७ कात्तिक । चर्चित गायन रियालिटी शो ‘द भोईस अफ नेपाल सिजन ५’ को ब्याटलबाट दुई होनहार प्रतियोगीहरु बाहिरिएका छन् । कोच प्रमोदको टिममा रहेकी मेघ्ना ज्ञवाली र समिर खरेल शोबाट बाहिरिएका हुन् । यी दुई प्रतियोगी ब्लाईण्डका साथै ब्याटलमा पनि खरो उत्रिएका थिए । तर कोच प्रमोदको गलत निर्णयले यी दुबै प्रतियोगीहरु शोबाट बाहिरिए । दर्शकहरुको विचारलाई मान्ने हो भने यी दुई प्रतियोगी कोच प्रमोदको टिमबाट विजेता दाबेदार थिए । तर यी दुबै प्रतियोगीलाई कोच प्रमोदले दमदार प्रतियोगीहरुसँगै भिडाए जसका कारण यी दुबै प्रतियोगीले शोबाट बाहिरिनुपर्यो ।

मेघ्ना र समिर दुबै जना चारै कोचलाई आफुतर्फ फर्काएका टिम प्रमोदका दमदार प्रतियोगीहरु थिए । उनीहरुमध्ये मेघ्नाले टिम प्रमोदकै तेन्जिङ डोल्मा गुरुङसँग ब्याटल भिडेकी थिईन् । तेन्जिङले ३ जना कोचको कुर्सी घुमाएकी थिईन् । त्यसैले पनि सायद कोच प्रमोदले निर्णय गर्न सजिलो ठानेर अथवा दुबैको विधा मिल्ने भएकोले यी दुबैलाई एकैठाउँमा भिडाए । तर नतिजा प्रमोदले सोचेको जस्तो भएन । किनभने यी दुबै प्रतियोगी रकिङ प्रस्तुतिमा खरो उत्रिन सक्ने प्रतियोगीहरु थिए । मेघ्नालाई अन्य कोचहरुले स्टिल गर्न सक्ने सम्भावना थियो । तर उनी स्टिल भईनन् । त्यसैले द भोईस अफ नेपालले एउटा होनहार आवाज गुमायो ।

त्यस्तै समिर खरेल र गिता गुरुङ दुबै जनाले चारै जना कोचको कुर्सी घुमाएका थिए । कोच प्रमोदले यी दुबैलाई सम्भवत एउटै विधा गाउन सक्ने र स्टिल हुने सतप्रतिशत दाबेदार रहेकोले सँगै भिडाएका थिए । तर नतिजा उल्टो निस्कियो । यी दुबै प्रतियोगीले यति दमदार गाएकी एउटालाई छान्दा अर्को प्रतियोगी स्टिल हुने सम्भावना सतप्रतिशत नै थियो । त्यसैले पनि प्रमोदे ढुक्क भएर गितालाई नकआउटका लागि छानेका हुनसक्छन् । प्रमोद अति विश्वस्त हुँदा समिर जस्तो गायक शोबाट बाहिरिए किनभने उनलाई कसैले स्टिल गरेनन् । यसरी प्रमोदले यी दुई प्रतियोगीलाई सँगै ब्याटल भिडाउनु नै गलत भएको दर्शकहरुले दाबी गरिरहेका छन् । अब कोच प्रमोदको टिममा ३ जना प्रतियोगीहरु छन् जसले चारै जना कोचको कुर्सी घुमाएका थिए ।हेर्नुहोस् भिडियो–

Facebook Comments Box

सम्बन्धित सामग्रीहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.