मकवानपुर, ५ भदौ । चर्चित गायन रियालिटी शो ‘मेरो भोईस यूनिभर्स’ को अन्तिम नतिजा धेरैका लागि नसोचेको परिणाम भयो । शोका चर्चित प्रतियोगीहरुमध्येका एक परेश राईलाई धेरैले विजेता बन्नसक्ने दाबेदारका रुपमा हेरेका थिए । तर उनी शोमा चौथो भए । शोको नजिता आएपछि आफु निक्कै पिडामा भएको र एक्लै स्टेजपछाडि गएर डाँको छोडेर रोएको परेशले बताएका छन् । आईतबार एक फेसबुक पोष्टमार्फत उनले आफु एक्लै रोएको भन्दै भावुक स्टाटस लेखेका छन् ।
परेश मेरो भोईस युनिभर्सको फाईनलमा पुगेका पहिलो प्रतियोगी थिए । उनले उत्कृष्ट ५ छनौटका क्रममा दर्शकबाट सर्वाधिक भोट अर्थात सतप्रतिशत भोट प्राप्त गरेका थिए । उनले उत्कृष्ट १० को जजेज चोईस राउण्डमा निर्णायकहरुबाट सर्वाधिक अंक प्राप्त गरेका थिए । उनले उत्कृष्ट १० कै जजेज चोईस राउण्डमा पफोमर अफ द विक अवार्ड पनि जितेका थिए । उनी संखुवासभाका हुन् । उनी यसअघि द भोईस अफ नेपाल सिजन ४ को नकाउटसम्म पुगेका थिए । उनले त्यस समयमा चारै जना कोचको कुर्सी समेत घुमाएका थिए । उनी साहित्यमा पनि अब्बल छन् । हेर्नुहोस् भिडियो–