प्रितम राई र खुशी कार्की विजेता

मकवानपुर, ५ भदौ । चर्चित गायन रियालिटी शो ‘मेरो भोईस यूनिभर्स’ र मेरो डान्स युनिभर्सको अन्तिम नतिजा शनिबार सार्वजनिक भयो । शोमा दर्शकबाट पाएको भोटले अन्तिम रिजल्ट निक्कै रोचक बन्यो । मेरो भोईस युनिभर्समा सिक्किमका प्रितम राई विजेता बनेका छन् भने मेरो डान्स युनिभर्समा थाईल्याण्डकी खुशी कार्की विजेता बनेकी छिन् ।

विजेता बनेसँगै उनीहरु दुबैले नगद रु. १ करोड सहित टाईटल ट्रफी र विभिन्न पुरस्कारहरु प्राप्त गरेका छन् । प्रितमले उत्कृष्ट ६ प्रवेशका क्रममा सर्वाधिक भोट प्राप्त गरेका थिए भने फाईनलमा पनि उनी सर्वाधिक भोट ल्याउँदै विजेता बने । उनले शोमा नै निर्णायकहरुबाट सबैभन्दा धेरै अर्थात ५९४ अंक पाएर रेकर्ड कायम गरेका थिए । उनले उत्कृष्ट ९ को प्रस्तुतिका क्रममा उक्त रेकर्ड कायम गरेका हुन् । साथै उनले उत्कृष्ट ९ कै प्रस्तुतिका क्रममा पर्फोमर अफ द विक अवार्ड पनि जितेका थिए । प्रितम र खुशी टाईटल विजेता बनेसँगै अन्य प्रतियोगीहरुले उपविजेतामा चित्त बुझाउनु परेको छ ।

मेरो भोईस युनिभर्समा सिक्किमकको रम्पु निवासी शिशिर ठटाल फर्स्ट रनर अप, काभ्रेपलाञ्चोकका शरद हुमागाई सेकेण्ड रनर अप, संखुवासभाका परेश राई थर्ड रनर अप र दार्जिलिङका साईराज खाति फोर्थ रनर अप भएका छन् । उनीहरुले पनि विभिन्न पुरस्कारहरु प्राप्त गरेका छन् ।

त्यस्तै मेरो डान्स युनिभर्समा बेल्जियमकी देवी गर्बुजा मगर फर्स्ट रनर अप, सिक्किमका मिङ्मा डि लेप्चा सेकेण्ड रनर अप, गोरखाका स्वस्तिक अर्याल थर्ड रनर अप र महोत्तरीका नेशन शुसलिङ मगर फोर्थ रनर अप भएका छन् । उनीहरुले पनि नगद पुरस्कारसँगै ट्रफी प्राप्त गरेका छन् । हेर्नुहोस् भिडियो–

सम्बन्धित सामग्रीहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.