मकवानपुर, २२ असोज । कालिदेवी मिडिया हाउसको ब्यानरमा निर्माण भइरहेको नेपाली कथानक चलचित्र ‘ग्याल्बो राजा’ को छायाँकन मकवानपुरको नेवारपानीमा भइरहेको छ । विनायक तामाङको कथा तथा निर्देशन रहेको चलचित्रको अहिले धमाधम छायाँकन भइरहेको चलचित्रका लेखक तथा मुख्य सहायक निर्देशक बाबुराम सुवेदी ‘तिरे’ ले जानकारी दिए ।
मकवानपुरसहित नेपालका विभिन्न पर्यटकिय र रमणिय स्थलहरुमा चलचित्रको छायाँकन हुने सुवेदीले बताएका छन् । नेवारपानीमा धमाधम छायाँकन भइरहेको चलचित्रमा चर्चित कलाकारहरुसँगै नयाँ कलाकारहरुले समेत अभिनय गरेका छन् ।
चलचित्रमा अर्जुन गुरुङ (भंगेरी डन), सँगिता तितुङ, विनायक तामाङ, मायादेवी मोक्तान, रमेश स्याङ्तान, सञ्चबिर तामाङ, राजु नेगी, संजय लामा, सविन तामाङ, सागर तामाङ, किताबसिंह तामाङ, नोर्बो तामाङ, किशोर श्रेष्ठ र हाँस्य कलाकार तिरे लगायतको अभिनय गरेका छन् ।
चलचित्रमा राजु किराँतको द्वन्द निर्देशन तथा बिरेन तितुङको कोरियोग्राफी रहेकोछ । चलचित्रमा विश्व दोङ र निमा दोङको सँगीत सुन्न सकिनेछ । सञ्चु थोकर लामाको छायाँकन रहेको चलचित्रमा रेशम कुमार स्याउली तामाङले सहायक छायाँकारको जिम्मेवारी सम्हालेका छन् ।