Murchunga TV

हेटौंडामा टोल विकास संस्थाको रजत जयन्ती सम्पन्न

हेटौंडामा टोल विकास संस्था

हेटौंडा । हेटौंडा उपमहानगरपालिकामा टोल विकास संस्थाको २५औँ स्थापना दिवस तथा रजत जयन्ती समारोह भव्य रूपमा सम्पन्न भएको छ। टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष ध्रुव प्रसाद अधिकारीको अध्यक्षता र हेटौंडा उपमहानगरपालिकाका प्रमुख मिना कुमारी लामाको प्रमुख आतिथ्यतामा आयोजित सो विशेष कार्यक्रममा विभिन्न वडाका वडाध्यक्ष, समाजसेवी, संस्थाका सल्लाहकार, अभियन्ता र नगरभरिका टोल प्रतिनिधिहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा प्रमुख अतिथि मेयर लामाले “सशक्त टोल संस्था भनेको नै समुन्नत नगरको आधार हो” भन्दै टोलस्तरमा बढ्दो सहभागिता, सचेतना र सेवा भावनाले समावेशी तथा सक्षम स्थानीय शासन निर्माणमा महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो।

नगर समन्वय समितिका अध्यक्ष ध्रुव प्रसाद अधिकारीले २०५६ साल असार १४ गते हेटौंडाबाट नेपालमै पहिलो पटक सुरु भएको टोल विकास अभियानले २५ वर्ष पूरा गरेको प्रसंग उठाउँदै सहकार्य, समर्पण र समुदाय रूपान्तरणको यो अभियानलाई अझ मजबुत बनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले संस्थापक अध्यक्ष स्व. रमेश रत्न स्थापितको नाममा रु। १ लाखको “स्व. रमेश रत्न स्मृति अक्षयकोष” स्थापना गर्ने घोषणा समेत गर्नुभयो।

कार्यक्रममा हेटौंडा नगरभरिका १९ वटा उत्कृष्ट टोल विकास संस्थाहरूलाई सामाजिक सहभागिता, वातावरणीय सचेतना, आर्थिक सक्रियता र महिला तथा युवा सशक्तिकरणका मापदण्डका आधारमा प्रमाणपत्र, दोसल्ला र नगद पुरस्कारसहित सम्मान गरिएको थियो।

त्यस्तै, समाज रूपान्तरण, महिला सशक्तिकरण, सरसफाइ, सहकार्य र समुदाय विकासमा विशेष योगदान पुर्याउने १३ विशिष्ट व्यक्तित्वहरूलाई पनि रजत जयन्ती विशेष सम्मान प्रदान गरिएको छ। स्व। रमेश रत्न स्मृति सम्मान–२०८२ यस वर्ष हेटौंडा–२ का चन्द्रशेखर ढुंगानालाई प्रदान गरिएको छ।

समारोहकै अवसरमा टोल विकास अभियानका गतिविधि, कार्यविधि, लेख, अनुभव र बिधान समेटिएको “टोल विकास स्मारिका–२०८२” को विमोचन समेत गरिएको थियो।

कार्यक्रमले टोलस्तरीय सामाजिक उत्तरदायित्व, सहभागिता, वातावरणीय सचेतना र समुदाय नेतृत्वलाई अझ प्रोत्साहित गर्ने उद्देश्य राखेको बताइएको छ।

नगर समन्वय समितिले रजत जयन्तीको अवसरमा सबै सम्मानित अग्रज टोल विकासकर्मीहरू, पुरस्कृत टोलहरू, सम्मानित व्यक्तित्वहरू र सहभागी अभियन्ताहरुलाई बधाई तथा आगामी दिनमा टोल विकासको अभियानलाई अझ सशक्त बनाउने अपेक्षा व्यक्त गरेको छ।

सामाजिक नेतृत्व, महिला सशक्तिकरण, सरसफाइ, सहकार्य र समुदाय विकासका क्षेत्रमा विशिष्ट योगदान पुर्रयाउनु हुने टोल विकास संस्था नगर समन्वय समितिका संस्थापक हेटौंडा–१ का उत्तम प्रसाद पौडेल र वेगम बराल, हेटौंडा–२ की सानु श्रेष्ठ, हेटौंडा–४ की तिर्थ देवी सिलवाल र लक्ष्मी पुलामी, हेटौंडा–५ का ज्ञान बहादुर थापा र उमा राई, हेटौंडा–६ का श्याम प्रसाद भट्टराई, हेटौंडा–७ का राजु वाईवा, हेटौंडा–८ का हरिकृष्ण श्रेष्ठ, हेटौंडा–९ का मुकुन्द प्रसाद अधिकारी, हेटौंडा–१० की शान्ता गजुरेल र हेटौंडा–११ का पूर्णभक्त लामालाई रजत जयन्ती विशेष सम्मान प्रदान गरीएको छ ।

कार्यक्रममा वडा नं. १ बाट चेतनशिल टोल विकास संस्था, वडा नं. २ बाट सिद्धार्थ टोल विकास संस्था, वडा नं. ३ बाट वसाहा महादेव टोल विकास संस्था, वडा नं. ४ बाट वुद्ध टोल विकास संस्था, वडा नं. ५ बाट ज्ञान दिप टोल विकास संस्था, वडा नं. ६ बाट गुप्तेश्वरी टोल विकास संस्था, वडा नं. ७ बाट किरणचोक टोल विकास संस्था, वडा नं. ८ बाट कालिकामाई टोल विकास संस्था, वडा नं. ९ बाट प्रगति टोल विकास संस्था, वडा नं. १० बाट नमुना टोल विकास संस्था, वडा नं. ११ बाट कृष्ण मन्दिर टोल विकास संस्था, वडा नं. १२ बाट सुनौलो टोल विकास संस्था, वडा नं. १३ बाट पध्म विनायक टोल विकास संस्था, वडा नं. १४ बाट कालीदेवि टोल विकास संस्था, वडा नं. १५ बाट सानो सुकौली टोल विकास संस्था, वडा नं. १६ बाट पुर्वेली दमार टोल विकास संस्था, वडा नं. १७ बाट डिपुचौरू टोल विकास संस्था, वडा नं. १८ बाट भुटनदेवी टोल विकास संस्था, र वडा नं. १९ बाट तपोवन टोल विकास संस्थालाई सामाजिक सहभागिता, वातावरणीय सचेतना, आर्थिक सक्रियता, महिला तथा युवा सशक्तिकरण जस्ता मापदण्डका आधारमा उत्कृष्ट ठहरिएका संस्थाहरूलाई प्रमाणपत्र, दोसल्ला र नगद पुरस्कारसहित सम्मान गरिएको थियो । समारोहकै अवसरमा टोल विकास अभियानका विविध जानकारी, कार्यविधि, लेख, अनुभव तथा बिधान समेटिएको टोल विकास स्मारिका–२०८२ विमोचन गरिएको छ ।

कार्यक्रममा वडा नं. ४ का वडा अध्यक्ष नविन सिग्देल, वडा नं. ११ का वडा अध्यक्ष जुना दाहाल, सामाजिक विकास महाशाखाका प्रमुख डा. भिमप्रसाद तिमल्सिना, संस्थाका सल्लाहकारहरू डा.बलराम भट्ट, प्रताप विष्ट, ज्ञान बहादुर थापा, राजु अधिकारी, जगन्नाथ सापकोटा लगायतकाे सहभागिता रहेको थियो ।

Facebook Comments Box

सम्बन्धित सामग्रीहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.