मेनुका पौडेलको आवाजमा ‘सलार’ को गीत सार्वजनिक
मकवानपुर, २९ मंसिर । पछिल्लो समय ईण्डियन आईडल सिजन १४ मा तहल्का मच्चाईरहेकी नेपाली गायिका मेनुका पौडेलको आवाजमा चलचित्र ‘सलार’ को गीत सार्वजनिक भएको छ । मेनुकाको आवाजमा रहेको ‘सुरजही छाओ बनके’ बोलको गीत सार्वजनिक भएको हो । मेनुकाको आवाजमा रहेको गीतमा रिया मुखर्जीको शब्द र रवि बस्रुरको संगीत रहेको छ । ईण्डियन आईडलमा गोल्डेन माईक जित्दै हरेक प्रस्तुतिमा भारतीय र नेपाली श्रोता दर्शकहरुको मन जितेकी मेनुकाले गाएको यो गीत सार्वजनिक भएसँगै चर्चामा छ । उनको आवाजलाई मनपराएर हजारौँ दर्शकहरुले सकरात्मक कमेन्ट गरेका छन् । गीतले सार्वजनिक भएको केही समयमै लाखौँ भ्यूज प्राप्त गरिसकेको छ । नेपाल आईडल सिजन १…