Murchunga TV

हेटौंडामा आन्तरिक रोजगार प्रवर्द्धनका लागि अन्तरक्रिया कार्यक्रम सम्पन्न

हेटौंडामा आन्तरिक रोजगार प्रवर्द्धनका लागि अन्तरक्रिया कार्यक्रम सम्पन्न

हेटौंडा । मकवानपुरको हेटौंडामा आन्तरिक रोजगार प्रवर्द्धनका लागि स्थानीय सरकार, निजी क्षेत्र र सरोकारवालाहरूबीच छलफल एवम् अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम हेटौंडा उपमहानगरपालिकाको आयोजनामा र उद्योग संघ मकवानपुरको सहआयोजनामा मंगलबार हेटौंडा स्थित पल्पसा प्याराडाईज होममा सम्पन्न भएको हो। कार्यक्रममा उपमहानगरपालिकाका नगर उपप्रमुख राजेश बानियाको सभाध्यक्षता रहेको थियो भने जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलान प्रमुख अतिथि रहनु भएको थियो। कार्यक्रममा आन्तरिक रोजगारीका अवसरहरु सृजना गर्ने विषयमा स्थानीय सरकार, निजी क्षेत्रका प्रतिनिधि तथा सरोकारवाला निकायबीच विस्तृत छलफल गरिएको थियो। सहभागीहरुले रोजगार सृजना र स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न सहकार्यको आवश्यकता औँल्याएका थिए।
Read More
Google Drive बाट PDF (वा अरु फाइल) लाई वेबसाइटमा Embed गर्ने तरिका (भिडियो सहित)

Google Drive बाट PDF (वा अरु फाइल) लाई वेबसाइटमा Embed गर्ने तरिका (भिडियो सहित)

आजभोलि अनलाइनमा विभिन्न रिपोर्ट, सूचना, रचना, फर्म तथा अन्य महत्वपूर्ण फाइलहरू आफ्नै वेबसाइटमा राख्नु आवश्यक हुन्छ। यसका लागि सबैभन्दा सजिलो तरिका हो — Google Drive प्रयोग गरेर आफ्नो फाइल अपलोड गर्ने र त्यसलाई आफ्नो वेबसाइटमा Embed गर्ने। यस ब्लग पोस्टमा हामी तपाईलाई कसरी तपाईले Google Drive बाट PDF (वा अन्य फाइल) लाई सजिलैसँग आफ्नो वेबसाइटको कुनै पनि पेज वा समाचारमा Embed गर्न सक्नुहुन्छ भनेर देखाउनेछौं। भिडियो हेर्नुहोस्– किन Google Drive बाट Embed गर्ने? -तपाईंको होस्टिङ स्पेस बचत हुन्छ -ठूलो फाइल पनि सजिलै लोड हुन्छ -मोबाइल र कम्प्युटर दुवैमा राम्रो देखिन्छ -PDF लाई स्क्रोल, जूम गर्न सकिन्छ -डाउनलोड लिंक पनि सजिलै…
Read More
हेटौंडामा टोल विकास संस्थाको रजत जयन्ती सम्पन्न

हेटौंडामा टोल विकास संस्थाको रजत जयन्ती सम्पन्न

हेटौंडा । हेटौंडा उपमहानगरपालिकामा टोल विकास संस्थाको २५औँ स्थापना दिवस तथा रजत जयन्ती समारोह भव्य रूपमा सम्पन्न भएको छ। टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष ध्रुव प्रसाद अधिकारीको अध्यक्षता र हेटौंडा उपमहानगरपालिकाका प्रमुख मिना कुमारी लामाको प्रमुख आतिथ्यतामा आयोजित सो विशेष कार्यक्रममा विभिन्न वडाका वडाध्यक्ष, समाजसेवी, संस्थाका सल्लाहकार, अभियन्ता र नगरभरिका टोल प्रतिनिधिहरुको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा प्रमुख अतिथि मेयर लामाले “सशक्त टोल संस्था भनेको नै समुन्नत नगरको आधार हो” भन्दै टोलस्तरमा बढ्दो सहभागिता, सचेतना र सेवा भावनाले समावेशी तथा सक्षम स्थानीय शासन निर्माणमा महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो। नगर समन्वय समितिका अध्यक्ष ध्रुव प्रसाद अधिकारीले २०५६ साल असार…
Read More
एसईई नतिजा सार्वजनिक: ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड, १२६ जनाको परीक्षा रद्द

एसईई नतिजा सार्वजनिक: ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड, १२६ जनाको परीक्षा रद्द

हेटौँडा । राष्ट्रिय परीक्षा बोर्डले २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ। बोर्डको शुक्रबार साँझ बसेको बैठकले कक्षा १० को वार्षिक परीक्षा परिणाम सार्वजनिक गर्ने निर्णय गरेको हो। यस वर्षको नतिजामा कुल ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन्। नियमित परीक्षामा सहभागी ४ लाख ३८ हजार ८९६ जना मध्ये विभिन्न ग्रेडमा विद्यार्थीको विवरण यस प्रकार छ: ३.६ देखि ४.० जीपीए : ४८,१७७ जना ३.२ देखि ३.६ जीपीए : ८१,३५५ जना २.८ देखि ३.२ जीपीए : ९९,१२४ जना २.४ देखि २.८ जीपीए : ४८,४७९ जना २.० देखि २.४ जीपीए : ४,१२६ जना १.६ देखि २.० जीपीए : ८…
Read More
हेटौँडामा दुई दिने सीप महोत्सव १२ र १३ असारमा हुने

हेटौँडामा दुई दिने सीप महोत्सव १२ र १३ असारमा हुने

हेटौँडा । बागमती प्रदेशको राजधानी हेटौँडामा दुई दिने सीप महोत्सव २०८२ आयोजना हुने भएको छ। प्रदेश उद्योग परिषद् र सामाजिक विकास मन्त्रालयको संयुक्त पहलमा यहि असार १२ र १३ गते महोत्सव हुने भएको हो। बागमती प्रदेश उद्योग परिसंघका अध्यक्ष लेखराज पोखरेलका अनुसार सीप विकास, दक्ष जनशक्ति उत्पादन र रोजगारी सृजना गर्ने लक्ष्यका साथ महोत्सव आयोजना गर्न लागिएको हो। उनले महोत्सवले युवाहरूलाई स्वदेशमै रोजगारीका अवसरहरू उपलब्ध गराउँदै दक्ष जनशक्ति उत्पादनमा योगदान पुर्‍याउने बताए। महोत्सवमा प्रदेश स्तरीय सीप प्रतियोगिता, साइकोमेट्रिक परीक्षण (१००० भन्दा बढी विद्यार्थी र युवाहरू लक्षित), पूर्व बाल विकास सहजकर्ता र इलेक्ट्रिकल विषयमा तालिम, विद्यार्थी तथा युवाहरूका लागि अभिमुखीकरण र…
Read More
हेटौंडा–१९ को मोही घरलाई उपमहानगरपालिकाको सहयोग

हेटौंडा–१९ को मोही घरलाई उपमहानगरपालिकाको सहयोग

हेटौंडा । नेपालमै रहेर आफ्नै व्यवसाय सञ्चालन गर्न चाहने नव उद्यमीलाई प्रोत्साहन गर्ने उद्देश्यले हेटौंडा उपमहानगरपालिकाले मोही उत्पादन व्यवसायीलाई सहयोग पुर्‍याएको छ। हेटौंडा–१९ मा सञ्चालनमा रहेको मोही घरलाई आवश्यक पर्ने दारको ठेकी, क्यान, मोटर र मदानी सहितका सामग्रीहरू हस्तान्तरण गरिएको हो। सहयोग सामग्री हस्तान्तरण कार्यक्रम हेटौंडा उपमहानगरपालिकाकी नगर प्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यमा सम्पन्न भएकाे हाे । नगर प्रमुख लामाले यस्ता लघु तथा घरेलु उद्योगहरूलाई प्रवर्द्धन गरेर स्थानीय उत्पादन र स्वरोजगारलाई टेवा पुर्‍याउने रणनीति अनुसार नगरपालिका अघि बढिरहेको बताइन्। कार्यक्रमले नव उद्यमीलाई आत्मनिर्भर बन्न प्रोत्साहन गर्ने विश्वास समेत व्यक्त गरिएको छ।
Read More
हेटौंडामा अपाङ्ग कृषकहरूलाई बाख्रा, माहुरी घार र बंगुर वितरण

हेटौंडामा अपाङ्ग कृषकहरूलाई बाख्रा, माहुरी घार र बंगुर वितरण

हेटौंडा । अपाङ्गता भएका कृषकहरूको जीवनस्तर उकास्न हेटौंडा उपमहानगरपालिकाको सहयोगमा कृषि व्यवसाय प्रवर्धन कार्यक्रम सञ्चालन गरिएको छ। कार्यक्रम अन्तर्गत आज २६ परिवारलाई बाख्रा, ५ परिवारलाई माहुरी घार तथा २ परिवारलाई बंगुर वितरण गरिएको छ। कार्यक्रम अपाङ्ग सरोकार केन्द्र, हेटौंडा मकवानपुरको आयोजनामा सम्पन्न भएको हो। वितरण कार्यक्रमका प्रमुख अतिथि उपमहानगरपालिकाकी नगर प्रमुख मीनाकुमारी लामा रहनु भएको थियो। नगर प्रमुख लामाले अपाङ्गता भएका नागरिकहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले सञ्चालन गरिएका यस्ता कार्यक्रमहरूले उनीहरूको जीविकोपार्जनमा सहयोग पुग्ने विश्वास व्यक्त गरिन्। कार्यक्रममा सहभागी लाभग्राहीहरूलाई उत्पादनमुखी बनाउँदै आत्मनिर्भर जीवनशैली अपनाउन प्रेरणा दिने उद्देश्य राखिएको आयोजकले जनाएको छ।
Read More
हेटौंडामा सार्वजनिक जग्गा मिचेर बनाइएका संरचना १५ दिनभित्र हटाइने

हेटौंडामा सार्वजनिक जग्गा मिचेर बनाइएका संरचना १५ दिनभित्र हटाइने

हेटौंडा । हेटौंडा उपमहानगरपालिका क्षेत्रभित्र सार्वजनिक जग्गा मिचेर बनाइएका संरचना हटाउने तयारी सुरु गरिएको छ। स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को प्रावधानअनुसार उपमहानगरपालिकाले यो कार्य अघि बढाउने भएको हो। उपमहानगरपालिका कार्यालयद्वारा असार २ गते प्रकाशित सूचनामा हेटौंडा उपमहानगरपालिकाभित्र सार्वजनिक जग्गा मिचेर बनाइएका घरटहरा लगायतका निजी संरचनाहरू १५ दिनभित्र हटाउनु भनिएको छ। यस अवधिमा स्वेच्छाले संरचना नहटाएमा नगरपालिकाले अनिवार्य रूपमा हटाउने बताइएको छ। सूचनामा भनिएको छ, "निर्धारित समयभित्र संरचना नहटाइएमा नगरपालिका स्वयंले संरचना हटाउनेछ र त्यससम्बन्धी सम्पूर्ण खर्च सम्बन्धित व्यक्ति/संस्थाबाट असुल गरिनेछ।" प्रमुख प्रशासकीय अधिकृत द्वारा हस्ताक्षरित सूचनामा सार्वजनिक सम्पत्तिको संरक्षण गर्नु स्थानीय सरकारको प्रमुख दायित्व भएको उल्लेख छ। यसकारण, उपमहानगरपालिकाले…
Read More
हेटौंडा उपमहानगरपालिकाको बजेट निर्माणका लागि सरोकारवालासँग छलफल सुरु

हेटौंडा उपमहानगरपालिकाको बजेट निर्माणका लागि सरोकारवालासँग छलफल सुरु

हेटौंडा । हेटाैंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि नीति, कार्यक्रम तथा बजेट निर्माणको प्रक्रिया सुरु गरेको छ। उक्त प्रक्रिया अन्तर्गत उपमहानगरले प्रतिनिधिमूलक स्थानीय सामाजिक तथा व्यवसायिक संघसंस्थासँग छलफल प्रारम्भ गरेको छ। कार्यक्रम अन्तर्गत आज भएको छलफलमा नगर प्रमुख मीनाकुमारी लामा, उपप्रमुख राजेश बानियाँ, वडा नं. १४ का अध्यक्ष दिपक खड्का, वडा नं. १८ का अध्यक्ष अनिल बानिया, प्रमुख प्रशासकीय अधिकृत भरत गौतम, तथा बजेट तथा कार्यक्रम तर्जुमा समितिका सदस्यहरूको सहभागिता रहेको थियो। नगर प्रमुख लामाले बजेट निर्माणमा सबै सरोकारवाला पक्षको सहभागिता आवश्यक रहेको बताउँदै सबैको सुझावलाई समेटेर जनमुखी तथा व्यवहारिक बजेट ल्याइने प्रतिबद्धता व्यक्त गरिन्। छलफलमा सहभागी संघसंस्थाका…
Read More
मकवानपुरे गायक जनक लामाको ‘माछी खोलीमा’ सार्वजनिक

मकवानपुरे गायक जनक लामाको ‘माछी खोलीमा’ सार्वजनिक

मकवानपुर ।मकवानपुरे गायक जनक लामा र गायिका जितु लोप्चनको स्वरमा सजिएको नयाँ तामाङ सेलो गीत ‘माछी खोलीमा’ सार्वजनिक भएको छ। गायक लामाको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतले छोटो समयमै दर्शक तथा स्रोताको मन जित्न सफल भएको छ। प्रज्वल दोङको शब्द र चेतन लामाको संगीत रहेको गीत सानोबाबु घिसिङको एरेन्ज र मिक्सिङमा फ्याफुल्ला नेपाल स्टुडियोमा रेकर्ड गरिएको हो। लोकधुनमा आधारित गीत ‘माछी खोलीमा’ तामाङ समुदायको सांगीतिक र सांस्कृतिक पहिचान झल्काउने खालको रहेको गायक जनक लामाले बताएका छन्। गीतले सार्वजनिक भएको तीन दिनमै १९ हजारभन्दा बढी भ्यु पाइसकेको छ। गायक लामाले गीतमार्फत नेपाली लोकसंस्कृति सम्वर्द्धनमा योगदान दिन खोजिएको उल्लेख गर्दै छिट्टै अर्को…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.