Murchunga TV

सुयशा खनाल कमेडी च्याम्पियनको उत्कृष्ट ७ मा

सुयशा खनाल कमेडी च्याम्पियनको उत्कृष्ट ७ मा

चन्द्र घलान, मकवानपुर, १५ बैशाख । ‘कमेडी च्याम्पियन’ सिजन ३ की सर्वाधिक चर्चित प्रतियोगी सुयशा खनाल शोको उत्कृष्ट ७ का लागि छानिएकी छिन् । उत्कृष्ट ८ को प्रस्तुतिमा पफोमर अफ द राउण्ड जित्दै उनी सिधै उत्कृष्ट ७ मा प्रवेश गरेकी हुन् । योसँगै उनले शोमा २ पटक पफोमर अफ द राउण्ड जितेकी छिन् । यसअघि उनले उत्कृष्ट १० बाट पफोमर अफ द राउण्ड जितेकी थिईन् । उत्कृष्ट ८ को प्रस्तुतिका क्रममा सुयशाले ब्युटीसियनको क्यारेक्टरमा रहेर समाजका बेतिथिमाथि र कमेडी च्याम्पियन टिमप्रति कडा व्यङ्ग्य गरेकी थिईन् । उनको दमदार प्रस्तुतिमा सबै निर्णायक र दर्शकहरुले स्टाण्डिङ अवेशन दिएका थिए । उनलाई सबै…
Read More
तामाङ चलचित्र ‘ग्याल्बो राजा’ को विशेष शो हुँदै

तामाङ चलचित्र ‘ग्याल्बो राजा’ को विशेष शो हुँदै

मकवानपुर ४ बैशाख । कालिदेवी मिडिया हाउसको ब्यानरमा निर्माण भएको नेपाली कथानक चलचित्र ‘ग्याल्बो राजा’ को विशेष प्रदर्शन हुने भएको छ । चलचित्र यही बैशाख १५ गते शनिबारका दिन काठमाडौंको जमलमा रहेको राष्ट्रिय नाचघरमा प्रदर्शन हुन लागेको हो । चलचित्रको निर्देशन बिनायक तामाङले गरेका हुन् । प्रेम भाव, तामाङ कला संस्कृति र ऐतिहासिक कथा बोकेको चलचित्रमा नायिका संगीता तितुङको कथा रहेको छ । सन्चु लामा थोकरको छायांकन रहेको चलचित्रमा रेशम कुमार स्याउली तामाङको कला निर्देशन, राजु किराँतको द्वन्द निर्देशन र उत्तम शिशिर श्रेष्ठको नृत्य निर्देशन रहेको छ । चलचित्रको कार्यकारी निर्मातामा किताबसिंह घलान रहेका छन् । चलचित्रमा अर्जुन गुरुङ (भंगेरी…
Read More
चलचित्र ‘ग्याल्बो राजा’ को दुई गीत तामाङ र नेपाली भाषामा सार्वजनिक

चलचित्र ‘ग्याल्बो राजा’ को दुई गीत तामाङ र नेपाली भाषामा सार्वजनिक

चन्द्र घलान, मकवानपुर, १६ माघ । तामाङ र नेपाली भाषामा बनेको चलचित्र ‘ग्याल्बो राजा’ को दुई गीतहरु तामाङ र नेपाली भाषामा सार्वजनिक भएको छ । चलचित्रका गीतहरु कालिदेवी मिडिया हाउसको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो । ग्याल्बो राजाको ‘डम्फु’ बोलको गीत तामाङ र नेपाली भाषा दुबैमा ‘डम्फु’ शिर्षकमै सार्वजनिक गरिएको छ । त्यस्तै तामाङ भाषामा भएको ‘ङादा माया लाऊ’ बोलको दोस्रो गीत नेपाली भाषामा ‘मेरो दिलको हर कुनामा’ शिर्षकमा सार्वजनिक गरिएको छ । तामाङ र नेपाली भाषामा सार्वजनिक भएको ‘डम्फु’ बोलको गीतमा चर्चित गायक विश्व दोङको आवाज, संगीत र एरेञ्ज रहेको छ । गीतमा कुमार स्याङ्बाको शब्द समावेश गरिएको…
Read More
हेटौँडा डान्सिङ आइडलको फाईनलमा कमानेकी रोमिया भट्टराई

हेटौँडा डान्सिङ आइडलको फाईनलमा कमानेकी रोमिया भट्टराई

मकवानपुर, १६ पुस । मकवानपुरको हेटौँडा ८ कमाने निवासी रोमिया भट्टराई ‘हेटौँडा डान्सिङ आइडल’ को फाईनमा पुगेकी छिन् । हेटौँडा १० टिसिएन चौरमा जारी ‘बृहत खेलकुद तथा व्यापार महोत्सव’ अन्तर्गत आयोजित हेटौँडा डान्सिङ आइडलका ६ फाईनालिष्टमध्ये उनी एक हुन् । प्रतियोगिताको आज सोमबार फाईनल हुँदैछ । महोत्सव हेर्न गएका दर्शकले महोत्व स्थल प्रवेशका लागि लिएको टिकटको अर्धकट्टी प्रयोग गरी रोमियालाई भोट गर्न सक्ने रोमियालाई मदत गरिरहनुभएकी अस्मिता श्रेष्ठले जानकारी दिनुभएको छ । रोमियाको कोड नम्बर ०६ भएकोले उनलाई धेरैभन्दा धेरै भोट गर्न श्रेष्ठले महोत्सव हेर्न आउने दर्शकहरुलाई आग्रह गर्नुभएको छ । मकवानपुर जिल्ला खेलकुद विकास समितिको मूख्य आयोजनामा महोत्सव आयोजना…
Read More
मेनुका पौडेलको आवाजमा ‘सलार’ को गीत सार्वजनिक

मेनुका पौडेलको आवाजमा ‘सलार’ को गीत सार्वजनिक

मकवानपुर, २९ मंसिर । पछिल्लो समय ईण्डियन आईडल सिजन १४ मा तहल्का मच्चाईरहेकी नेपाली गायिका मेनुका पौडेलको आवाजमा चलचित्र ‘सलार’ को गीत सार्वजनिक भएको छ । मेनुकाको आवाजमा रहेको ‘सुरजही छाओ बनके’ बोलको गीत सार्वजनिक भएको हो । मेनुकाको आवाजमा रहेको गीतमा रिया मुखर्जीको शब्द र रवि बस्रुरको संगीत रहेको छ । ईण्डियन आईडलमा गोल्डेन माईक जित्दै हरेक प्रस्तुतिमा भारतीय र नेपाली श्रोता दर्शकहरुको मन जितेकी मेनुकाले गाएको यो गीत सार्वजनिक भएसँगै चर्चामा छ । उनको आवाजलाई मनपराएर हजारौँ दर्शकहरुले सकरात्मक कमेन्ट गरेका छन् । गीतले सार्वजनिक भएको केही समयमै लाखौँ भ्यूज प्राप्त गरिसकेको छ । नेपाल आईडल सिजन १…
Read More
रोजिना बस्नेत, विवेक बस्नेत र कुमार प्रयास लाईभ राउण्डमा प्रवेश

रोजिना बस्नेत, विवेक बस्नेत र कुमार प्रयास लाईभ राउण्डमा प्रवेश

मकवानपुर, १५ मंसिर । चर्चित गायन रियालिटी शो ‘द भोईस अफ नेपाल सिजन ५’ को नकाउट राउण्ड जित्दै कोच उदयको टिमबाट ३ जना प्रतियोगीहरु लाईभ शो राउण्डमा प्रवेश गरेका छन् । कोच उदयको टिमबाट काठमाडौँकी रोजिना बस्नेत, सिक्किमका विवेक बस्नेत र शोलुखुम्बुका कुमार प्रयास लाईभ शो राउण्डमा प्रवेश गरेका हुन् । द भोईस अफ नेपालमा यसै सिजनबाट थपिएको ¥याङ्किङ चियर्स सिस्टमका कारण शोमा उथलपुथल भएको छ । कतिपयले यो फर्म्याटलाई मन पराएका छन् भने कतिपयले कोचले सही डिसिजन लिन नसकेमा राम्रो गाउने र नकाउटमा सुरुमा सहभागी भएकाहरु आउट हुने सम्भावना भएको भन्दै यसको आलोचना पनि गरेका छन् । कोच उदयको…
Read More
गीता गुरुङ नकाउटबाट आउट ?

गीता गुरुङ नकाउटबाट आउट ?

मकवानपुर, १२ मंसिर । चर्चित गायन रियालिटी शो ‘द भोईस अफ नेपाल सिजन ५’ की सर्वाधिक चर्चित प्रतियोगी गीता गुरुङ द भोईस अफ नेपालको नकाउटबाट बाहिरिएको हल्ला चलेपछि अहिले दर्शकहरु चकित भएका छन् । हुन त उनी बाहिरिन सक्ने सम्भावना त्यत्ति देखिँदैन तर अहिले मिडियामा यस्तै हल्ला चलिरहेको छ । के गीता नकाउट राउण्डबाट बाहिरिएकै हुन् त ? कि यो हल्ला मात्रै हो ? आखिर कहाँबाट आयो यस्तो हल्ला ? आउनुहोस् यस विषयमा चर्चा गरौँ । द भोईस अफ नेपाल सिजन ५ को ब्याटल राउण्ड जित्दै नकाउटका लागि छानिएकी प्रतियोगी हुन् सिक्किमकी गीता गुरुङ । उनले कोच प्रमोदको टिमबाट फोर…
Read More
यी ठाउँ र मितिमा हुँदैछ नेपाल आईडलको अडिसन

यी ठाउँ र मितिमा हुँदैछ नेपाल आईडलको अडिसन

मकवानपुर, २८ कात्तिक । चर्चित गायन रियालिटी शो नेपाल आईडल सिजन ५ को अडिसन मंशिर १६ गतेदेखि शुरु हुने भएको छ । नेपाल आईडल टिमले एक प्रोमो सार्वजनिक गर्दै नेपालका विभिन्न शहरहरुमा अडिसन हुने मिति र स्थान सार्वजनिक गरेको हो । यस अघि जेठ महिनामै अडिसन हुने भनिएता पनि अडिसन बल्ल सुरु हुने भएको छ । कहाँ अनि कहिले हुँदैछ त नेपाल आईडल सिजन ५ को अडिसन ? आउनुहोस् यसबारेमा जानकारी लिऔँ । नेपाल आईडलको पहिलो अडिसन मंशिर १६ गते झापाको बिर्तामोडमा अवस्थित ग्रीनफिल्ड वर्ल्ड स्कूलमा हुनेछ । त्यस्तै मंशिर २१ गते महोत्तरीको बर्दिबासमा अवस्थित देउराली सेकेण्डरी स्कूलमा, मंशिर २६…
Read More
प्रमोदको गलत निर्णयले बाहिरिए विजेता दाबेदार

प्रमोदको गलत निर्णयले बाहिरिए विजेता दाबेदार

मकवानपुर, २७ कात्तिक । चर्चित गायन रियालिटी शो ‘द भोईस अफ नेपाल सिजन ५’ को ब्याटलबाट दुई होनहार प्रतियोगीहरु बाहिरिएका छन् । कोच प्रमोदको टिममा रहेकी मेघ्ना ज्ञवाली र समिर खरेल शोबाट बाहिरिएका हुन् । यी दुई प्रतियोगी ब्लाईण्डका साथै ब्याटलमा पनि खरो उत्रिएका थिए । तर कोच प्रमोदको गलत निर्णयले यी दुबै प्रतियोगीहरु शोबाट बाहिरिए । दर्शकहरुको विचारलाई मान्ने हो भने यी दुई प्रतियोगी कोच प्रमोदको टिमबाट विजेता दाबेदार थिए । तर यी दुबै प्रतियोगीलाई कोच प्रमोदले दमदार प्रतियोगीहरुसँगै भिडाए जसका कारण यी दुबै प्रतियोगीले शोबाट बाहिरिनुपर्यो । मेघ्ना र समिर दुबै जना चारै कोचलाई आफुतर्फ फर्काएका टिम प्रमोदका…
Read More
खुशी कार्की बनिन् ‘मेरो डान्स युनिभर्स’को पहिलो विजेता

खुशी कार्की बनिन् ‘मेरो डान्स युनिभर्स’को पहिलो विजेता

मकवानपुर, २ भदौ । चर्चित डान्सिङ रियालिटी शो ‘मेरो डान्स यूनिभर्स’ सिजन १ की विजेता थाईल्याण्डबाट सहभागिता जनाएकी खुशी कार्की बनेकी छिन् । फाईनलमा पुगेका अन्य प्रतियोगीहरुलाई पछि पार्दै उनले जीत हासिल गरेकी हुन् । उनले सर्वाधिक भोट प्राप्त गरेर जित हासिल गरेसँगै नगद एक करोड, मेरो डान्स युनिभर्सको ट्रफी र अन्य विभिन्न पुरस्कारहरु जितेकी छिन् । शोमा बेल्जियमकी देवी गर्बुजा मगर दोस्रो, सिक्किमका मिङ्मा डि लेप्चा तेस्रो, गोरखाका स्वस्तिक अर्याल चौथो र महोत्तरीका नेशन शुसलिङ मगर पाँचौँ भएका छन् । उनीहरुले पनि नगद पुरस्कारसँगै ट्रफी प्राप्त गरेका छन् ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.