नेपाली संगितमा फराकिलो परिचय बनाउँदै गायिका उषा गजुरेल
हेटौँडा । नेपाली संगीत क्षेत्रमा प्रतिभा, संघर्ष र समर्पणको अर्को नाम बन्दै गएकी छन् गायिका, शब्दकार, संगीतकार तथा मोडल उषा गजुरेल (Usha Gajurel)। साधारण परिवेशबाट उठेर निरन्तर मेहनत र संगीतप्रतिको अथाह प्रेमका साथ अघि बढेकी उषाले आज आफूलाई नेपाली संगीतका सम्भावनाशील स्रष्टामध्ये एकका रूपमा स्थापित गरिरहेकी छन्। गायिका Usha Gajurel को साँगितिक यात्राको सुरुवात करिब सात वर्षसम्म संगीत गुरु चन्दन कुमार श्रेष्ठसँग औपचारिक संगीत शिक्षा हासिल गरेकी उषाले सिकाइलाई केवल कक्षाकोठामा सीमित राखिनन्, बरु संघर्षलाई नै आफ्नो विश्वविद्यालय बनाएर निरन्तर अघि बढिन्। उनको प्रतिभाको पहिलो ठूलो राष्ट्रिय परिचय रेडियो अन्नपूर्ण नेपालद्वारा आयोजित "तीज मनाउने, रेडियोमा गाउने, सबैलाई सुनाउने" राष्ट्रिय तीज…