
चलचित्र ‘ग्याल्बो राजा’ को दुई गीत तामाङ र नेपाली भाषामा सार्वजनिक
चन्द्र घलान, मकवानपुर, १६ माघ । तामाङ र नेपाली भाषामा बनेको चलचित्र ‘ग्याल्बो राजा’ को दुई गीतहरु तामाङ र नेपाली भाषामा सार्वजनिक भएको छ । चलचित्रका गीतहरु कालिदेवी मिडिया हाउसको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो । ग्याल्बो राजाको ‘डम्फु’ बोलको गीत तामाङ र नेपाली भाषा दुबैमा ‘डम्फु’ शिर्षकमै सार्वजनिक गरिएको छ । त्यस्तै तामाङ भाषामा भएको ‘ङादा माया लाऊ’ बोलको दोस्रो गीत नेपाली भाषामा ‘मेरो दिलको हर कुनामा’ शिर्षकमा सार्वजनिक गरिएको छ । तामाङ र नेपाली भाषामा सार्वजनिक भएको ‘डम्फु’ बोलको गीतमा चर्चित गायक विश्व दोङको आवाज, संगीत र एरेञ्ज रहेको छ । गीतमा कुमार स्याङ्बाको शब्द समावेश गरिएको…