Murchunga TV

इन्द्रबहादुर बानियाँ बागमती प्रदेशका नयाँ मुख्यमन्त्री नियुक्त

इन्द्रबहादुर बानियाँ बागमती प्रदेशका नयाँ मुख्यमन्त्री

हेटौंडा । नेपाली कांग्रेस बागमती संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ बागमती प्रदेशका नयाँ मुख्यमन्त्री नियुक्त भएका छन्। मंगलबार प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले उनलाई पदमा नियुक्त गरेका हुन्। सो अवसरमा बानियाँले पद तथा गोपनीयताको सपथ पनि ग्रहण गरेका छन्।

यसअघि सोमबार नेपाली कांग्रेसका ३७ र नेकपा एमालेका २७ सांसदहरूको समर्थन सहित बानियाँले मुख्यमन्त्री बन्ने दाबी पेश गरेका थिए। संविधानको धारा १६८ को उपधारा २ बमोजिम दाबी पेश गरेपछि प्रदेश प्रमुखले उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

बागमती प्रदेशका तत्कालीन मुख्यमन्त्री बहादुर सिंह लामाले केही दिनअघि राजीनामा दिएपछि रिक्त रहेको पदमा नयाँ नियुक्ति गरिएको हो। लामाको राजीनापछि एमाले बागमती संसदीय दलका नेता जगन्नाथ थपलियाको नेतृत्वमा पनि सरकार गठनको दाबी पेश गरिएको थियो। तर, बहुमत समर्थन जुटाएका बानियाँले मुख्यमन्त्रीको जिम्मेवारी पाएका हुन्।

Facebook Comments Box

सम्बन्धित सामग्रीहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.