Murchunga TV

ज्येष्ठ नागरिक मञ्च हेटौंडा–१० लाई सामग्री हस्तान्तरण

ज्येष्ठ नागरिक मञ्च हेटौंडा–१०

हेटौंडा । हेटौंडा उपमहानगरपालिका–१० स्थित डाक्टर टोनि हेगन पार्क परिसरमा रहेको ज्येष्ठ नागरिक भवनमा एक कार्यक्रमका बीच ‘ज्येष्ठ नागरिक मञ्च, हेटौंडा–१०’ लाई विभिन्न सामग्रीहरू हस्तान्तरण गरिएको छ।

उक्त कार्यक्रममा स्मार्ट टिभी, मादल, हार्मोनियम, साउण्ड सिस्टम लगायतका सामग्रीहरू मञ्चलाई प्रदान गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि वडा नम्बर १० का अध्यक्ष फुर्वा दोर्जे तामाङ रहेका थिए। मञ्चका अध्यक्ष पदम खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मञ्चका नगर अध्यक्ष रामचन्द्र ढकाल, महिला, बालबालिका तथा समावेशीकरण महाशाखा प्रमुख विष्णु कुमारी लामिछाने लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्ने वक्ताहरूले ज्येष्ठ नागरिकहरूको योगदानलाई सम्मान गर्दै यस्ता सामग्रीले उनीहरूको दैनिक क्रियाकलापमा थप सहजता र मनोरञ्जन प्रदान गर्ने विश्वास व्यक्त गरे।

Facebook Comments Box

सम्बन्धित सामग्रीहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.