हेटौंडा । हेटाैंडा-८ कमानेस्थित चन्द्राेदय माध्यमिक विद्यालयको परिसरमा रोटरी क्लब हेटौंडाको आयोजनामा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। “सुन्दर, सफा, हरीत शहर निर्माण अभियान” अन्तर्गत आयोजित कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामा सहभागी भई अभियानलाई सफल बनाउन सकृय भूमिका निर्वाह गर्नुभएकाे थियाे ।
नगर प्रमुख लामाले हेटौंडा शहरलाई हरियालीयुक्त, सफा र फुलैफुलको पर्यावरणमैत्री शहर बनाउने उद्देश्यले आफैं अग्रसर भई निरन्तर विभिन्न अभियानमा सहभागिता जनाउँदै आउनुभएको छ।

कार्यक्रममा हेटौंडा-८ का वडा अध्यक्ष रामकृष्ण थापासहित विभिन्न सामाजिक संघसंस्था, विद्यालयका शिक्षक-शिक्षिका तथा स्थानिय समुदायको पनि सक्रिय उपस्थिति रहेको थियो।
वृक्षारोपण कार्यक्रममार्फत शहरको वातावरण संरक्षण, हरियाली विस्तार र वातावरणीय सचेतना फैलाउने उद्देश्य राखिएको आयोजकले जानकारी दिएको छ। रोटरी क्लब हेटौंडाले आगामी दिनमा पनि यस्ता गतिविधिहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।