Murchunga TV

ज्योति मावि हर्नामाडीकाे सहायक प्रधानाध्यापकमा नानुमाया डिम्डुङ

ज्योति मावि हर्नामाडी

हेटौंडा । हेटौंडा उपमहानगरपालिका–१८, हर्नामाडीस्थित श्री ज्योति माध्यमिक विद्यालय (प्राविधिक शिक्षालय)मा नानुमाया डिम्डुङ सहायक प्रधानाध्यापकको पदमा नियुक्त हुनुभएको छ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हर्क रम्तेलले एक विज्ञप्तिमार्फत डिम्डुङलाई सहायक प्रधानाध्यापकमा नियुक्त गर्नुभएकाे जानकारी दिनुभएकाे हाे ।

शिक्षिका डिम्डुङ विगतदेखि नै उक्त विद्यालयमा सामाजिक विषयकी शिक्षिका रहेर शैक्षिक गुणस्तर अभिवृद्धिमा योगदान दिँदै आउनुभएको थियो। उहाँको पदोन्नति विद्यालयको शैक्षिक र प्रशासनिक व्यवस्थापनमा थप योगदान पुग्ने अपेक्षा गरिएको छ।

श्री ज्योति माध्यमिक विद्यालय प्राविधिक शिक्षालयका रूपमा समेत परिचित छ । विद्यालयले हेटौंडा क्षेत्रका विद्यार्थीहरूलाई गुणस्तरीय प्राविधिक तथा साधारण शिक्षा प्रदान गर्दै आइरहेको छ।

Facebook Comments Box

सम्बन्धित सामग्रीहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.