Murchunga TV

हेटौँडा–२ बाट लागूऔषध सहित एक युवक पक्राउ

हेटौँडा–२

हेटौंडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले विशेष सूचनाको आधारमा लागूऔषध सहित एक युवकलाई नियन्त्रणमा लिएको छ। पक्राउ परेका व्यक्ति हेटौडा उपमहानगरपालिका–२, पुरानो मनकामनापथस्थित डेरामा बस्दै आएका २१ वर्षीय युवक रहेका छन्।

प्रहरीका अनुसार साउन २ गते बिहान करिब ११:३० बजे खटिएको प्रहरी टोलीले दोङको शरीर र कोठा खानतलासी गर्दा उनले लुकाईछिपाई राखेको अवस्थामा १११ ट्याब्लेट नाईट्राभेट र ५३१ क्याप्सुल ट्रामाडोल बरामद गरिएको हो।

बरामद लागूऔषधसहित युवकलाई नियन्त्रणमा लिई जिल्ला अदालत मकवानपुरबाट लागूऔषध सम्बन्धी मुद्दामा ५ दिनको म्याद थप लिइएको छ। हाल घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Facebook Comments Box

सम्बन्धित सामग्रीहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.