Murchunga TV

सानोपोखराको चिया पसलबाट लागूऔषधसहित तीन जना पक्राउ

सानोपोखरा

मकवानपुर । मकवानपुरको हेटौंडाबाट १८८ क्याप्सुल लागूऔषध ट्रमाडोल र ५० ग्राम गाँजासहित तीन जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले विशेष सूचनाको आधारमा हेटौंडा उपमहानगरपालिका–२ स्थित सानोपोखराको एक चिया पसलमा छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा भिमफेदी गाउँपालिका घर भई हाल सोही स्थानमा चिया पसल सञ्चालन गर्दै आएकी ४२ वर्षीया महिला, १९ वर्षीय युवक र भारत मोतिहारीका २३ वर्षीय युवक रहेका छन्।

प्रहरीका अनुसार साउन १ गते साँझ करिब ४:४५ बजेतिर लागूऔषध कारोवार भइरहेको सूचनाको आधारमा उनीहरूको शरीर तथा पसलको खानतलासी गर्दा लुकाइ–छिपाइ राखिएको अवस्थामा ट्रमाडोलका १८८ क्याप्सुल र ५० ग्राम गाँजा फेला परेको हो।

उनीहरूलाई नियन्त्रणमा लिएर लागूऔषध सम्बन्धी मुद्दामा अनुसन्धान गर्न जिल्ला अदालत मकवानपुरबाट ५ दिनको म्याद थप अनुमति लिइएको प्रहरीले जनाएको छ।

Facebook Comments Box

सम्बन्धित सामग्रीहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.