मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नं. १२ स्थित झोलुङ्गे पुल नजिक चोरी तथा लागूऔषधको घटनामा संलग्न दुई युवा पक्राउ परेका छन्।
साउन १ गते बिहान करिब ११:०० बजे कान्छा बलको घुम्ती पसल फुटाई सामान चोरी गरिएको भन्ने सूचनाको आधारमा प्रहरी चौकी पदमपोखरीबाट खटिएको टोलीले अनुसन्धानका क्रममा दुई जनालाई नियन्त्रणमा लिएको हो।
शंकास्पद रूपमा भाईरल पुल नजिकै बसिरहेका वर्ष २२ का र वर्ष २६ का २ युवालाई प्रहरीले फेला पारी खानतलासी गर्दा उनीहरुको साथबाट लागूऔषध नाईट्राभेटका २२ ट्याब्लेट र चोरी भएको ९ बट्टा पाइलट चुरोट फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
प्रहरीले बरामद सामग्रीसहित दुवै अभियुक्तलाई नियन्त्रणमा लिई मकवानपुर जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी लागूऔषधसम्बन्धी मुद्दामा अनुसन्धान अगाडि बढाएको जानकारी दिएको छ।