Murchunga TV

हेटौँडामा दुई दिने सीप महोत्सव १२ र १३ असारमा हुने

हेटौँडा । बागमती प्रदेशको राजधानी हेटौँडामा दुई दिने सीप महोत्सव २०८२ आयोजना हुने भएको छ। प्रदेश उद्योग परिषद् र सामाजिक विकास मन्त्रालयको संयुक्त पहलमा यहि असार १२ र १३ गते महोत्सव हुने भएको हो।

बागमती प्रदेश उद्योग परिसंघका अध्यक्ष लेखराज पोखरेलका अनुसार सीप विकास, दक्ष जनशक्ति उत्पादन र रोजगारी सृजना गर्ने लक्ष्यका साथ महोत्सव आयोजना गर्न लागिएको हो। उनले महोत्सवले युवाहरूलाई स्वदेशमै रोजगारीका अवसरहरू उपलब्ध गराउँदै दक्ष जनशक्ति उत्पादनमा योगदान पुर्‍याउने बताए।

महोत्सवमा प्रदेश स्तरीय सीप प्रतियोगिता, साइकोमेट्रिक परीक्षण (१००० भन्दा बढी विद्यार्थी र युवाहरू लक्षित), पूर्व बाल विकास सहजकर्ता र इलेक्ट्रिकल विषयमा तालिम, विद्यार्थी तथा युवाहरूका लागि अभिमुखीकरण र उद्योग भ्रमण, साथै सीप सिकाई तथा प्रदर्शनी समेत गरिनेछ।

महोत्सवमा मकवानपुर, चितवन, काठमाडौं र काभ्रेपलाञ्चोकका १८ वटा अप्रेन्टिसीप कार्यक्रम सञ्चालन गर्ने प्राविधिक शिक्षालयहरूमध्ये सूचना प्रविधि, अटोमोबाइल र होटल व्यवस्थापन अध्यापन गर्ने ९ वटा शिक्षालयबाट प्रतियोगीहरू सहभागी हुनेछन्। प्रतियोगितामा प्रथम र द्वितीय हुने विद्यार्थीलाई सम्बन्धित शिक्षालयबाट प्रशंसापत्र प्रदान गरिनेछ।

आयोजकहरूले महोत्सवमा ३ हजारदेखि ५ हजारसम्म दर्शक र सहभागीको उपस्थिति रहने अपेक्षा गरेका छन्।

Facebook Comments Box

सम्बन्धित सामग्रीहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.