Murchunga TV

हेटौंडामा अपाङ्ग कृषकहरूलाई बाख्रा, माहुरी घार र बंगुर वितरण

हेटौंडा । अपाङ्गता भएका कृषकहरूको जीवनस्तर उकास्न हेटौंडा उपमहानगरपालिकाको सहयोगमा कृषि व्यवसाय प्रवर्धन कार्यक्रम सञ्चालन गरिएको छ। कार्यक्रम अन्तर्गत आज २६ परिवारलाई बाख्रा, ५ परिवारलाई माहुरी घार तथा २ परिवारलाई बंगुर वितरण गरिएको छ।

कार्यक्रम अपाङ्ग सरोकार केन्द्र, हेटौंडा मकवानपुरको आयोजनामा सम्पन्न भएको हो। वितरण कार्यक्रमका प्रमुख अतिथि उपमहानगरपालिकाकी नगर प्रमुख मीनाकुमारी लामा रहनु भएको थियो।

नगर प्रमुख लामाले अपाङ्गता भएका नागरिकहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले सञ्चालन गरिएका यस्ता कार्यक्रमहरूले उनीहरूको जीविकोपार्जनमा सहयोग पुग्ने विश्वास व्यक्त गरिन्।

कार्यक्रममा सहभागी लाभग्राहीहरूलाई उत्पादनमुखी बनाउँदै आत्मनिर्भर जीवनशैली अपनाउन प्रेरणा दिने उद्देश्य राखिएको आयोजकले जनाएको छ।

Facebook Comments Box

सम्बन्धित सामग्रीहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.