Murchunga TV

हेटौंडामा सार्वजनिक जग्गा मिचेर बनाइएका संरचना १५ दिनभित्र हटाइने

हेटौंडामा सार्वजनिक जग्गा

हेटौंडा । हेटौंडा उपमहानगरपालिका क्षेत्रभित्र सार्वजनिक जग्गा मिचेर बनाइएका संरचना हटाउने तयारी सुरु गरिएको छ। स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को प्रावधानअनुसार उपमहानगरपालिकाले यो कार्य अघि बढाउने भएको हो।

उपमहानगरपालिका कार्यालयद्वारा असार २ गते प्रकाशित सूचनामा हेटौंडा उपमहानगरपालिकाभित्र सार्वजनिक जग्गा मिचेर बनाइएका घरटहरा लगायतका निजी संरचनाहरू १५ दिनभित्र हटाउनु भनिएको छ। यस अवधिमा स्वेच्छाले संरचना नहटाएमा नगरपालिकाले अनिवार्य रूपमा हटाउने बताइएको छ।

सूचनामा भनिएको छ, “निर्धारित समयभित्र संरचना नहटाइएमा नगरपालिका स्वयंले संरचना हटाउनेछ र त्यससम्बन्धी सम्पूर्ण खर्च सम्बन्धित व्यक्ति/संस्थाबाट असुल गरिनेछ।”

प्रमुख प्रशासकीय अधिकृत द्वारा हस्ताक्षरित सूचनामा सार्वजनिक सम्पत्तिको संरक्षण गर्नु स्थानीय सरकारको प्रमुख दायित्व भएको उल्लेख छ। यसकारण, उपमहानगरपालिकाले आवश्यक कदम चाल्न लागेको जनाइएको छ। नगरपालिकाले सबै सरोकारवालाहरूलाई समयमै जानकारी लिइ आवश्यक कदम चाल्न आग्रह गरेको छ। हेर्नुहोस् सूचना–

Facebook Comments Box

सम्बन्धित सामग्रीहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.